२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघको निर्वाचनमा प्रगतिशील समूहबाट सरोजकुमार पोखरेलको नेतृत्वमा उम्मेद्वारी घोषणा

२०७६, ३ आश्विन शुक्रबार १८:२७

मनोज पराजुली | असोज ३, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रगतिशील समूहको उम्मेदवारी घोषणा भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्च र प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरम मिलेर सरोजकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको हो ।

Image may contain: one or more people and people standing

संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तैगरी संघको सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए । प्रगतिशील समूहले  शनिबार औपचारिक कार्यक्रम गरी उम्मेद्वारी घोषणा भएको छ । प्रगतिशील समूहले आइतबार धुम्बाराहीमा संयुक्त भेला नै गरेर १ सय ५१ सदस्य रहेको एक निर्वाचन परिचालन कमिटी घोषणा गरेर काम शुरु गरिसकेको छ ।

संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी घोषणा, २ तिहाईको सरकार र संघ विरुद्ध उम्मेद्वारी !

संघकै निर्वाचनका लागि नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट १७ सदस्यीय टिमको घोषणा भैईसकेको छ । अक्सन ईन्टरनेशनल प्रा.लिका संचालक बिष्णु गैरेको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरिएको छ । हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी घोषणा भएको निर्वाचन परिचालन मुल समारोह समितिका संयोजक तिलक बाहादुर रानाभाटले जानकारी दिए ।

त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्ग रहेकी छिन् । 

संघको सदस्य पदका प्रत्यासीहरुमा  डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन् ।

नयाँ नेतृत्व चयनको लागी असोज ७ मा हुने निर्वाचनमा सहभागी हुन  ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि  १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

सङ्घको नयाँ कार्यसमितिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस सम्बद्ध व्यवसायी प्यानल विच कडा प्रतिष्पर्धा हुने आकलन व्यवसायीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस