२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीका जायज माग सम्बोधन गर्न संघको सचिवमा उम्मेद्वारी : मेघनाथ भुर्तेल

४ आश्विन २०७६, शनिबार ०५:४२

असोज ४, काठमाडौँ | बैदेशिक रोजगारीको क्षेत्रका यावत समस्या समाधानका लागि पहल कदमी लिन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सचिवको उम्मेद्वारी दिएको मेघनाथ भुर्तेलले बताएका छन् । सरकार र व्यवसायी संघ २ तिहाइको बहुमतमा हुँदा समेत म्यानपावर व्यवसायीका जायज माग सम्बोधन नभएकोले संघ मार्फत काम गर्न सचिवमा उम्मेद्वारी दिएको उनले बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम प्यानलको तर्फबाट सचिव पदमा प्रत्यासी बनेका भुर्तेल निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक हुन् । शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक विशेष कार्यक्रममा बोल्दै उनले व्यवसायी हक हितका लागि आवाज बुलन्द गर्नका लागि एक व्याक्तिले केही गर्न सक्ने अवस्था नभएकोले फोरमको सम्पूर्ण टिमलाई जिताउन अनुरोध गरे ।

Image may contain: 1 person

अहिले सरकारका कारण व्यवसायीलाई काम गर्न असहज भएको छ भुर्तेलले भने' व्यवसायीले चुनाव जिताउन सहयोग गरेमा आफ्नो सम्पूर्ण समय संघको २ वर्षे कार्यकाललाई दिंदै व्यवसायीका समस्या समाधान गर्न लाग्नेछु ।' विगत १३ वर्षदेखि म्यानपावर व्यवसायमा सक्रिय भएको भन्दै उनले चुनावमा आफ्नो जीतका लागि व्यवसायीले साथ दिने बताए ।

शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक विशेष कार्यक्रमका विच अक्सन ईन्टरनेशनल प्रा.लिका संचालक बिष्णु गैरेको नेतृत्वमा संघको १७ सदस्यीय टोलीको घोषणा गरिएको छ ।हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी घोषणा भएको निर्वाचन परिचालन मुल समारोह समितिका संयोजक तिलक बाहादुर रानाभाटले जानकारी दिए ।

Image may contain: 18 people, including Narendra Babu Rana Magar, Laxman Poudel, Sujit Shrestha, Bishnu Gaire and Surendra Aryal, people smiling, people standing

त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्ग रहेकी छिन् । 

संघको सदस्य पदका लागि डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन्  ।

असोज ७ गतेका लागि संघको २७ औं साधारणसभा र निर्वाचन हुँदैछ ।  नयाँ नेतृत्व चयनको लागी हुने निर्वाचनमा सहभागी हुन  ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी घोषणा, २ तिहाईको सरकार र संघ विरुद्ध उम्मेद्वारी !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की