२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत काम भए खबरदारी गर्न संघको सदस्यमा उम्मेद्वारी : बाबुलाल मगर (नरेन्द्र)

२०७६, ४ आश्विन शनिबार १६:४३

असोज ४, काठमाडौँ | बैदेशिक रोजगारीको क्षेत्र सुधारका नाममा सरकारले गरेको अव्यवहारिक निर्णय विरुद्ध आवाज उठाउन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिएको बाबुलाल मगर (नरेन्द्र) ले बताएका छन् । संघको आगामी निर्वाचनको पुर्व सन्ध्यामा साझा सबालसंग कुरा गर्दै उनले व्यवसायीका यावत समस्या समाधानका लागि पहल कदमी लिन सदस्यमा उम्मेद्वारी दिएको बताए ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अगामी निर्वाचनका लागि सदस्य पदमा बलियो प्रत्यासीका रुपमा बाबुलाल मगर नरेन्द्रलाई हेरिएको छ। अधिकांश व्यवसायीसंग नरेन्द्रका नामले परिचित रहेका उनी सन् २००७ देखि वर्षदेखि बैदेशिक रोजगारीका क्षेत्रमा क्रियाशील भई  म्यानपावरका कर्मचारी हुँदै म्यानपावर संचालक बनेका हुन् । 


संघको निर्वाचनमा सदस्यमा उम्मेद्वारी किन त ? उनी भन्छन् 'जसले गलत गर्छ, त्यसको बिरुद्ध आवाज उठाउन संघको सदस्यमा उठेको हुँ, संघ भित्र पनि गलत काम भए खबरदारी गर्न सदस्यमा उम्मेद्वारी दिएको छु, मलाई विश्वास छ, व्यवसायीले अमुल्य मत दिनुहुनेछ ।' 

नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट उम्मेदवार बनेका उनी फ्री भिषा फ्री टिकट निर्णय सहि भएको तर कार्यन्वयनमा व्यवहारिक रुपमा समस्या रहेको स्वीकार गर्दछन् । प्राय: भिषा फ्री हुने तर त्यस बापत रोजगारदाता कम्पनीको एचआरले रकम लिने गरेको साथै टिकट सबै कम्पनीले नदिने भन्दै उनले टिकट बापतको रकम कामदारले तिरेर जान पाउनुपर्ने माग यथावत रहेको बताए । 

म्यानपावर कम्पनीले कामदारको १ महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने व्यवसायीको माग सरकारबाट सम्बोधन गराउनकै लागि चुनावी मैदानमा उत्रिएको उनको भनाई छ। १० हजारमा कामदार पठाउन नसक्ने कुरा सरकारलाई जानकारी भएको भन्दै उनले सरकारकै कारण २०७२ साल असार २१ बाट नै व्यवसायीलाई ठगको रुपमा हेरिएको गुनासो गरे। सरकार र व्यवसायी संघ एकै पार्टीको हुँदा विगतमा व्यवसायीका माग सम्बोधन नभएकोले यस पटक लोकतान्त्रिक फोरमको सिंगो प्यानललाई नै चुनावमा जिताउन उनले आग्रह गरे ।

Image may contain: 18 people, including Narendra Babu Rana Magar, Laxman Poudel, Sujit Shrestha, Bishnu Gaire and Surendra Aryal, people smiling, people standing

शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक विशेष कार्यक्रमका विच अक्सन ईन्टरनेशनल प्रा.लिका संचालक बिष्णु गैरेको नेतृत्वमा संघको १७ सदस्यीय टोलीको घोषणा भएसगै व्यवसायीलाई चुनावी रौनक लागेको छ । हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्ग रहेकी छिन् । 

संघको सदस्य पदका लागि डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन्  ।

असोज ७ गतेका लागि संघको २७ औं साधारणसभा र निर्वाचन हुँदैछ ।  नयाँ नेतृत्व चयनको लागी हुने निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त