२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीका साझा समस्या समाधानका लागि मेरो उम्मेद्वारी: केदारनाथ अधिकारी

५ आश्विन २०७६, आईतवार ०९:३०

असोज ५, काठमाडौं । असोज ७ गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिएका केदारनाथ अधिकारी (दिपेन्द्र) ले आफ्नो उम्मेद्वारी सम्पूर्ण बैदेशिक रोजगार व्यवसायीहरुको हितको लागि भएको बताएका छन् । उनले म्यानपावर व्यवसायीको साझा समस्या समाधान गर्न आफ्नो जितको आवश्यक रहेको भन्दै आम म्यानपावर व्यवसायीसँग आफू लगायत सरोज कुमार पोखरेल नेतृत्वको प्यानललाई मतदान गर्न अपिल गरेका छन् । 

इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिका संचालक रहेका दिपेन्द्रले म्यानपावर व्यवसायीहरुको साझा समस्याको समाधान गर्न जस्तो सुकै मूल्य चुकाउन आफू तयार रहेको बताए । उनले म्यानपावरहरुले लिने सेवा शुल्क निर्धारणको बिषयलाई आफ्नो प्यानलले प्रतिबद्धताको रुपमा उठाएको बताए । त्यस्तै उनले आफू सहित आफ्नो प्यानललाई यस पटकको निर्वाचनमा मतदान गरेर जिताए म्यानपावरले तिरेको धरौटीको ब्याज पाउने बिषयमा सरकारमाथि दवाव सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने 'सरकारपक्षसंगै रहेकाले हामीलाई बिपक्षि जस्तो असहज छैन । हामीले सरकारसँग छलफलबाट अधिकांश नमिलेका कुराहरु मिलाएर लान्छौं । कतिपय कुराहरु हामी व्यवसायीले सरकारलाई बुझाउन नसकेका कारण पनि सरकारले हामीलाई फरक रुपमा हेरेको छ, बुझाएर लान सकियो भने व्यवसायीका धेरै समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ ।' 

लामो समयदेखि बैदेशिक रोजगार क्षेत्रका अनुभव सम्हालेका दिपेन्द्रले बैदेशिक रोजगारको क्षेत्रमा चुलिंदो समस्या समाधानको लागि आन्दोलन भन्दा पनि छलफल अत्यावश्यक रहेको बताए । उनले भने 'व्यवसायी बीच एकता जरुरी कुरा हो । हामी नै एक भएनौं भने हाम्रो मुद्धा कमजोर हुन्छ । हाम्रो प्रतिद्वन्दीहरुले हाम्रो कारण धरौटी बढेको भन्दै चुनावी नारा बनाएर जितिन्छ भन्दै हिडेका छन् तर प्राय सबै व्यवसायीहरुलाई थाहा छ, धरौटी जसको अध्यक्षतामा संघको नेतृत्व भएको भए पनि बढ्थ्यो, बरु हामीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टीको प्रस्तावमा आएको धरौटीलाई पास हुन नदिएर ५० हजार र डेढ करोडमा झार्न सफल भयौं । यही नेतृत्वले पटक-पटक मन्त्रीलाई आग्रह गरेर मलेसियाको कलिङ भिषा आईसकेका तर मलेसिया जान रोकिएका २० हजार भन्दा बढी कामदारहरुलाई मलेसिया पठाउने बाटो खुलाउने काम गरेकै हो ।'

'संघ चलाउन अध्यक्ष मात्र बलियो भएर हुँदैन सिंगो टिम बलियो हुनुपर्छ । सरकारसँग प्रतिपक्षीको रुपमा उत्रने साथीहरुलाई जिताएर जे-जे पाइन्छ त्यसको दोब्बर कुरा सरकार पक्षकै प्यानललाई जिताएर पाइन्छ भन्ने हामी दावी गर्छौं । जुन दावी पुष्टि गर्ने हाम्रा धेरै आधारहरु पनि छन् ।' दिपेन्द्रले भने । उनले आफू लगायत आफ्नो प्यानलको जित भए 'बैदेशिक रोजगार व्यवसायमा आवद्ध सबै व्यवसायीलाई समान रुपमा ध्यान दिएर आम व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई जिताउन सबै व्यवसायीलाई अपिल गरेका छन् । 


नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुई वर्षे नयाँ नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसायीहरु छुट्टाछुट्टै प्यानल खडा गरी निर्वाचन अभियानमा होमिएका छन् । असोज ७ गते राजधानीको होटल हायातमा हुने संघको २७ औं साधारणसभा तथा निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वैदेशिक रोजगार व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, गणतान्त्रिक वैदेशिक रोजगार मञ्च र तराई वैदेशिक रोजगार फोरमको संयुक्त प्यानल बनाई सरोज कुमार पोखरेलको नेतृत्वमा उत्रिएको छ । संघको महासचिव समेत रहेका व्यवसायी पोखरेल निविदा कन्सर्न प्रा.लि.का संचालक तथा मञ्च नेपालका संस्थापक अध्यक्ष समेत हुन् । 

‘सरोज कुमार पोखरेल सयुंक्त व्यवसायी समुह’बाट अध्यक्षमा पोखरेलसहित प्रथम उपाध्यक्षमा हरि बहादुर पाण्डे क्षेत्री (फ्युचर स्टार म्यानपावर प्रा.लि.) द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी (गोल्डेन गेटवे इन्टरनेसनल प्रा.लि) र तृतीय उपाध्यक्षमा अख्तर हुसेन (ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि.)का संचालक उम्मेदवार बनेका छन् । 

Image may contain: 17 people, including Som Lama, Hom Timilsina, Sarita Ghale, RC Giri, Sanju Gurung, Dalbir Bhandari and Teju Imsong Limbu, people smiling, people standing

सो प्यानलको महासचिवमा रामचन्द्र गिरी (आर.सी) (सल्मानी ओभरसिज प्रा.लि.), सचिबमा सन्जु गुरुङ (अलकरिम ह्यूमन रिसोर्स प्रा.लि), कोषाध्यक्षमा तेज माया लिम्बु (तेजु) (के.बि.इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.) उम्मेदवार रहेका छन् । 

त्यसैगरी सदस्यका उम्मेदवारहरुमा होम प्रसाद तिमल्सिना (अल सदिल फर रिक्रुटमेन्ट प्रा.लि), दलबिर भण्डारी (एड्भान्स् म्यानेजमेन्ट ग्रुप प्रा.लि.), ओम बहादुर न्यौपाने (ओम ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि), सरीता घले (रिलाइन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि), सदस्य– सोम बहादुर तामाङ (साल्मा एच.आर.ओभरसिज प्रा.लि), बाबुराम खड्का (सुप्रिम ओभरसिज प्रा.लि), नुर मोहम्मद मियाँ (अल नुर ओभरसिज प्रा.लि), दोर्जे शेर्पा (सागर रिक्रुटमेन्ट प्रा.लि), केदारनाथ अधिकारी (दिपेन्द्र) (एम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.) र विरेन्द्र कुमार यादव (सन रे ग्लोबल ओभरसिज प्रा.लि) रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की