२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायीलाई धरौटीको व्याज दिलाउनकै लागि संघको महासचिवमा उम्मेद्वारी : रामचन्द्र गिरी (आर.सी.)

५ आश्विन २०७६, आईतवार १७:१८

असोज ५, काठमाडौं । सरकारले बढाएको धरौटी रकमको व्याज म्यानपावर व्यवसायीलाई दिलाउनकै लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा महासचिवको लागि उम्मेद्वारी दिएको रामचन्द्र गिरी (आर सी) ले बताएका छन् । आइतबार धुम्बराहीको स्काइ जोन पार्टी प्यालेसमा सरोज पोखरेल सयुक्त ब्यवसायी समुहको चुनावी सभालाई सम्बोधन गर्दै रेग्मीले व्यवसायीका माझ आफ्ना प्रतिवद्धता राखेका हुन् ।

Image may contain: RC Giri, text

सरकारले बढाएको २ करोड धरौटीको व्याज दिलाउने हाम्रो प्रमुख एजेन्डा हो उनले भने 'केवल एक व्यक्तिलाई मात्र संघमा जिताएर माग सम्बोधन हुनेवाला छैन, तसर्थ प्रगतिशील समुहको सम्पूर्ण टिमलाई आफ्नो अमुल्य मत दिनुहोला ।' शल्मानी ओभरसिज प्रा. लिका संचालक रहेका गिरि प्रगतिशील समुहको विजय पश्च्यात व्यवसायीलाई धरौटीको व्याज दिलाएर नै छोड्ने बताउंछन् ।

निर्वाचनमा जीत हँसिल भए आफ्नो व्यवसाय छोडेर पनि व्यवसायीका माग सम्बोधनका लागि समय दिन तयार रहने उनले वाचा गरे । वार्षिक सय जना कामदार विदेश नपठाए लाइसेन्स नै खारेज हुने सरकारको नियमलाई परिमार्जन गर्न आवश्यक परे संघर्ष गर्न तयार हुने उनले बताएका छन् । उनले व्यवसायीका दु: खमा साथ दिन २४ सै घण्टा तयार हुने प्रतिवद्धता व्यक्त गरे ।

एनजीओ आइएनजीओले बनाएका कानून अब मान्य हुने छैन भेलामा उनले भने '२० औं वर्ष काम गरेका व्यवसायीले दिएको सुझावका आधारमा कानून बनाउन सरकारलाई सहयोग गर्नेछौं ।'


नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्च र प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरम मिलेर सरोजकुमार पोखरेलको नेतृत्वमा उम्मेदवारी घोषणासंगै चुनावी अभियानलाई तिब्र पारिएको छ । पोखरेलको समुहबाट संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तैगरी संघको सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएका छन् ।  


संघको नयाँ नेतृत्व चयनको लागि असोज ७ मा हुने निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि  १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् । संघको निर्वाचनमा लोकतान्त्रिक समुह र प्रगतिशील समुह विच प्रतिस्पर्धा हुने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की