२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा गैरे र पोखरेल समूह भिड्दै

२०७६, ७ आश्विन मंगलवार ०३:१३

मनोज पराजुली | असोज ७, काठमाडौँ | नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी २ वर्षे कार्यकालका लागि लोकतान्त्रिक समुह र प्रगतिशील समुह विच तीब्र प्रतिस्पर्धा हुने भएको छ।  हायात होटलमा आज हुने संघको २७ औं साधारणसभा तथा निर्वाचनमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समुह र गणतान्त्रिक मन्च, प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरमका मिलेर बनेको प्रगतिशील समुह विच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

लोकतान्त्रिक समुहको तर्फबाट अक्सन ईन्टरनेशनल प्रा.लिका संचालक बिष्णु गैरे अध्यक्ष पदका लागि चुनावी मैदानमा रहेका छन् । लोकतान्त्रिक समुहबाट हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।


त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्ग रहेकी छिन् । 

संघको सदस्य पदका लागि डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन् । लोकतान्त्रिक समुहलाई धुलाश्री समाजको पनि समर्थन रहेको छ ।

गैरेको विरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्च र प्रगतिशिल बैदेशिक रोजगार मन्च र तराई बैदेशिक रोजगार फोरम मिलेर सरोजकुमार पोखरेलले उम्मेद्वारी दिएका छन्  । ‘सरोज कुमार पोखरेल सयुंक्त व्यवसायी समुह’बाट अध्यक्षमा पोखरेलसहित प्रथम उपाध्यक्षमा हरि बहादुर पाण्डे क्षेत्री (फ्युचर स्टार म्यानपावर प्रा.लि.) द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी (गोल्डेन गेटवे इन्टरनेसनल प्रा.लि) र तृतीय उपाध्यक्षमा अख्तर हुसेन (ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि.)का संचालक उम्मेदवार बनेका छन् । 


सो प्यानलको महासचिवमा रामचन्द्र गिरी (आर.सी) (सल्मानी ओभरसिज प्रा.लि.), सचिबमा सन्जु गुरुङ (अलकरिम ह्यूमन रिसोर्स प्रा.लि), कोषाध्यक्षमा तेज माया लिम्बु (तेजु) (के.बि.इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.) उम्मेदवार रहेका छन् ।  

त्यसैगरी सदस्यका उम्मेदवारहरुमा होम प्रसाद तिमल्सिना (अल सदिल फर रिक्रुटमेन्ट प्रा.लि), दलबिर भण्डारी (एड्भान्स् म्यानेजमेन्ट ग्रुप प्रा.लि.), ओम बहादुर न्यौपाने (ओम ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि), सरीता घले (रिलाइन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि), सोम बहादुर तामाङ (साल्मा एच.आर.ओभरसिज प्रा.लि), बाबुराम खड्का (सुप्रिम ओभरसिज प्रा.लि), नुर मोहम्मद मियाँ (अल नुर ओभरसिज प्रा.लि), दोर्जे शेर्पा (सागर रिक्रुटमेन्ट प्रा.लि), केदारनाथ अधिकारी (दिपेन्द्र) (एम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.) र विरेन्द्र कुमार यादव (सन रे ग्लोबल ओभरसिज प्रा.लि) रहेका छन् । 

संघको नयाँ नेतृत्व चयनको लागि निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि  १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् । 


जित्ने आ-आफ्नै दाबी 

निर्वाचन लक्षित चुनावी सभा गर्दै लोकतान्त्रिक समुह र प्रगतिशील समुह दुवै पक्षले निर्वाचनमा आ-आफ्नो प्यानलले जित्ने दाबी गरेका छन्। लोकतान्त्रिक समुहले सरकार र संघ २ तिहाइको हुँदा समेत व्यवसायीका जायज माग सम्बोधन नगरी बैदेशिक रोजगारलाई धरासायी बनाएकोले यस पटक गैरे प्यानललाई नै जिताउन अपिल गरेको छ। विगतमा आँफै पुटेर २ समूह हुँदा जीत निकाल्न नसको हुँदा यस पाठक कांग्रेस निकट प्यानल एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको फोरमको दावी छ । 

त्यस्तै प्रगतिशील समुहले सरकार नेकपाको भएकोले प्रगतिशील समुहलाई नै जिताउनु पर्ने जिकिर गरेको छ। दुवै पक्षका चुनावी एजेन्डा सेवा शुल्क परिमार्जनका साथै हरेक वर्ष सय जना कामदार पठाउनुपर्ने हालको नियम बदल्ने रहेको छ। तर निर्वाचनका लागि भएको चुनावी सभामा भेटिएका अधिकांश म्यानपावर व्यवसायी श्रममन्त्री गोकर्ण विष्टले धरौटी बढाएर व्यवसायीलाई आर्थिक भार थपेको भन्दै चुनावमा त्यसको असर देखिने बताउँछन् । जसले गर्दा यस पटकको निर्वाचन सत्ता पक्षले व्यवसायीका हितमा काम गरेको छ छैन हेर्नका लागि श्रम मन्त्रीको पनि अग्नि परीक्षा हुने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस