२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानीज भाषा परीक्षामा सहभागी हुन लक्की ड्र मार्फत छानिनुपर्ने, शुक्रबारबाट अनलाईन आवेदन खुल्यो

१० आश्विन २०७६, शुक्रबार १७:००

असोज १०, काठमाडौँ |  जापानमा नर्सिङ केयरगिभरका लागि जाने श्रमिकहरुले भाषा परीक्षामा सामेल हुन 'लक्की ड्र'मार्फत सामेल हुनुपर्ने भएको छ । लक्की ड्रमा सहभागी हुनका लागि जापान फाउण्डेसनले शुक्रबारबाट अनलाईन दर्ता खुलाएको छ ।

शुक्रबार देखि आगामी अक्टोबर ३ बिहिवारसम्म आवेदन फारम भर्न जापान फाउण्डेसनले वेभसाईट मार्फत जानकारी दिएको छ । लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क लाग्दैन । जापान फाउण्डेसनले आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने उल्लेख गरेको हो।


लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ। जसका लागि २ हजार ५ सय शुल्क लाग्ने जनाइएको छ। भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ। नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानी भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्नेछ। जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने पास गर्नुपर्ने जनाएको छ। नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्। परीक्षा कम्प्युटर बेस्ड टेस्टिङ विधिबाट लिइनेछ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यवहारिक हुनेछन्।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छन्। दुवै परीक्षाका लागि १ हजार जापनिज येन शुल्क लाग्नेछ।  २०७५ चैत ११ मा नेपाल र जापान विच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा  नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजान लागिएको हो।

अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की