२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा मृत्यु भएका कामदारका आफन्तले स्थानीय तहबाट नै आर्थिक सहायता पाउने

१५ आश्विन २०७६, बुधबार ०५:३१

मनोज पराजुली । असोज १५, काठमाडौं। बैदेशिक रोजगारीको क्रमममा मृत्यु भएका कामदारका आफन्तले अबदेखि आफ्नै स्थानीय तहबाट बैदेशिक रोजगार बोर्डबाट पाउने आथिक सहायता पाउने भएका छन् ।  सरकारले बैदेशिक रोजगार नियमावली २०६४ को पाँचौं संसोधन गरि बोर्डबाट पाउने सुविधा सम्बन्धित स्थानीय तहबाट नै पाउने व्यवस्था कार्यन्वयनमा ल्याएको हो । 


आथिक सहायताको लागि आफ्नो सम्बन्धित स्थानीय तह मार्फत निवेदन दिन सकिने व्यवस्था कार्यन्वयनमा आएको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । यसअघि आर्थिक सहायताको लागि निवेदन दिंदा निवेदक स्वयं वोर्डको सचिवालायमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । स्थानीय तहबाट आर्थिक सहायता वितरण दशैं लगत्तै कार्यन्वयनमा जाने कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

कामदारको आफन्तले स्थानीय तह मार्फत निवेदन दिएपछि सम्बन्धित स्थानीय तहले निवेदन प्राप्त भएको सात दिनभित्र प्राप्त कागजात, प्रमाण सिफारिस सहित सक्कली निवेदन बोर्डको सचिवालयमा पठाई सोको जानकारी निवेदकलाई दिनुपर्ने व्यवस्था गरिएको छ । वोर्डबाट आर्थिक सहायता प्राप्त गर्नका लागि तोकिएका आवश्यक कागजात पुरा भएमा कामदारको नजिकको हकवाला आफन्तको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । देशभरिबाट सहायताका लागि नै काठमाडौं आउनुपर्ने बाध्यता हटेसंगै समय र पैसाको पनि बचत हुने उनले बताए ।

आर्थिक सहायताको लागि कामदार मृत्यु भएको १ वर्ष भित्रमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। हाल कागजी रुपमा डकुमेन्ट उपलब्ध गराउनुपर्ने व्यवस्थालाई सुधार गर्दै छिट्टै अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्नेगरी प्रक्रिया अगाडी बढाईएको श्रेष्ठले बताए । 

यस अघि विदेशमा रोजगारीको क्रममा मृत्यु भएकाहरुले खर्च गरेर काठमाडौंमा रहेको बोर्डको सचिवालयमा नै आएर निवेदन दिनुपर्ने बाध्यता रहेको थियो । आफ्नै स्थानीय तहबाट आर्थिक सहायता पाउने व्यवस्था कार्यन्वयनमा आएसंगै सेवाग्राहीलाई सहज हुनेछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकले आर्थिक सहायता लिनको लागि वोर्डमा नै आउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्घोष गरेका थिए । सोहि अनुरुप श्रम मन्त्रालयले  पीडितका आफन्तलाई आफ्नै स्थानीय तहबाट नै आर्थिक सहायता प्राप्त गर्ने गरि व्यवस्था गरेको हो ।

मृतक कामदारका हकवालाले आर्थिक सहायताको लागि निवेदनसंगै पेश गर्नुपर्ने कागजातहरु 

१. राहदानीमा गन्तव्य मुलुकमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र राहदानी वाहकको राहदानी नं, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि  । 

२. विदेश स्थित रोजगारदाता कम्पनि, नियोग/अस्पतालको मृत्युको प्रमाण र सव ल्याउँदाको प्रज्ञापन पत्रको प्रतिलिपि (विदेशमा मृत्यु भएकाको हकमा) । 

३. नेपालामाम्रित्यु भएकाको हकमा नोज बैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि । 

४. स्थानीय तहले गरेको मृत्यु दर्ताको प्रमंपत्रको प्रतिलिपि । 

५. हक्वालाको नागरिकता/नाता प्रमाणित र अविवाहित भे स्थानीय तहबाट आविवाहिक्ताको सिफारिस पत्र । 

६. स्थानीय तहबाट खुलेको फोटो र बैंकको नाम/शाखा र बैंक खाता नं रुजु सहितको बैंकको पत्र । 

७. नजिकको हक्वालाको पासपोर्ट साइजको एक प्रति फोटो । 

माथि उल्लेखित ७ प्रकारका प्रमाणित कागजात संलग्न गरि सम्बन्धित नगरपालिका/गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गरिएको छ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य