२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं बिदामा पनि श्रम मन्त्रालयको कल सेन्टर र निशुल्क शव ढुवानी सेवा सुचारु हुने

२०७६, १६ आश्विन बिहीबार १०:२७

असोज १६,काठमाडौं। दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको सुनुवाईका लागि कल सेन्टर नियमित रुपमा नै संचालन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्थापित कल सेन्टरले दशैं बिदा अवधिभर पनि सेवा दिने बैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

दशैं अवधिभर कार्यालय समय १० बजेदेखि ५ बजेसम्म एक सिफ्टमा मात्र सेवा प्रवाह गरिने श्रेष्ठले बताए । कल सेन्टरमा ९ जना कर्मचारीले २ सिफ्ट गरेर श्रमिकका गुनासा सुन्ने र टिप्ने कार्य गर्दै आएका छन् । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित कुनैपनि समस्या तथा गुनासो टिपाउन सकिने र मन्त्रालयले यसको तत्काल सम्बोधन गर्न गत चैत्र १८ गते कल सेन्टरको स्थापाना गरिको थियो।

त्यस्तै गरि बोर्डले दशैं बिदा अवधिभर निशुल्क शव ढुवानी सेवा नियमित रुपमा नै सुचारु गर्ने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । असोज १९ देखि २२ गतेसम्म बोर्ड बन्द रहने भएपनि सेवाग्राहीको सहजताको लागि निशुल्क शव ढुवानी कार्यमा समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको उनले बताए।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस