२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आबुधाबी डायलगमा सहभागी हुन श्रममन्त्री विष्ट यूएइ प्रस्थान

२०७६, २८ आश्विन मंगलवार ०८:१७

असोज २८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट यूएइ प्रस्थान गरेका छन् । अक्टोबर १६ र १७ तारिख यूएइमा हुन लागेको पाँचौ मन्त्री स्तरीय आबुधाबी डायलगमा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 

टोलीमा मन्त्रालयका सचिव विनोद केसी र सह सचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना रहेका छन् । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम हो अबुधाबी डायलग । यसपटकको छलफल श्रमिक आपुर्ति प्रक्रियालाई थप पारदर्शि बनाउने विषयमा केन्द्रित हुने जनाइएको छ । त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ । 

श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र  भएकाले नेपालको उपस्थिती खास रहनेछ । डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, वंगलादेश र भियतनाम सहभागी हुर्दैछन । त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस