२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको डिमाण्ड ल्याउने म्यानपावरहरु अनुगमन लिष्टमा, शुन्य लागत कार्यन्वयन गरिंदै

२०७६, ३ कार्तिक आईतवार १०:००

मनोज पराजुली, कार्त्तिक ३, काठमाडौँ | सरकारले मलेसियाको रोजगारी पुन: सुचारु गरेसंगै मलेसियाको डिमाण्ड नेपाल आउन थालेका छन्। मलेसियाको लागि काम गर्दै आएका म्यानपावर कम्पनीहरुले मलेसियाबाट नेपाली कामदारको डिमाण्ड ल्याएर काम शुरु गरेका छन् ।

नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप गत भदौ २९ बाट मलेसियाको रोजगारी सुचारु भएको थियो। सो पश्च्यात हालसम्म विभिन्न म्यानपावर कम्पनीले डिमाण्डको पुर्व स्वीकृति लिने क्रम बढेको बैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालय ताहाचलका प्रमुख देवेन्द्र कार्कीले बताए। मलेसियाको डिमाण्डका लागि पूर्वस्वीकृति लिने क्रम बढे पनि उत्साहपूर्ण नभएको कार्कीको भनाइ छ। 

दुवै देशबीच सम्पन्न समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी सुचारु गरिएको भनिए पनि कामदारबाट आर्थिक भर नपर्ने गरि काम हुनेमा स्वयं म्यानपावर व्यवसायी ढुक्क छैनन्। गाउँबाट आउने कामदार स्वयं एक्लै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने अवस्था नरहेकोले पनि कामदारले विचमा एजेन्टकै साहारा लिने व्यवसायी बताउँछन् । 

एक म्यानपावर कम्पनी मार्फत मलेसियाको जान लागेका एक श्रमिकले साझा सबालसंग भने 'मलेसिया जान जिएसजी गरें, मेडिकल भयो तर म्यानपावरले व्यक्ति अनुसार १ लाख ३० हजार देखि १ लाख ६० हजारसम्म मागिरहेको छ।' एजेन्ट मार्फत नै म्यानपावर पुगेको बताएका उनले एजेन्ट मार्फत जानेलाई थप शुल्क लाग्ने भनिएको बताए । 

सरकारले हटाएको एजेन्ट व्यवस्था व्यवहारमा कायम भएका कारण पनि कामदारहरु एजेन्टबाट नै म्यानपावरसम्म पुग्ने भएकोले त्यसलाई रोक्न बैदेशिक रोजगार विभागको भूमिका नै महत्वपूर्ण हुने गर्छ। यसका लागि के गर्दैछ त बैदेशिक रोजगार विभाग ?  विभागका निर्देशक भोलानाथ गुरागाईं भन्छन् 'विभागले भ्याएसम्म सुष्म ढंगले हेरिरहेका छौं । पहिलेको जस्तो म्यानपावरको प्रतिनिधिको रुपमा एजेन्ट बसेर कारोबार गर्न पाइंदैन, अब एजेन्ट खारेज पश्च्यात विभागमा भएको खारेज प्रक्रिया अनुसार एजेन्टको धरौटी रकम फिर्ता लिने लगायतका कामहरु सम्बन्धित संस्थाले गरिरहेका छन् ।' 

हाल कोहि कसैले एजेन्ट मार्फत कारोबार गरिरहेको लिखित जानकारी विभागलाई प्राप्त भएको छैन गुरागाईंले भने 'यदि त्यस्ता जानकारी प्राप्त भएमा विभागले सम्बन्धित म्यानपावरहरुको संचालकहरुलाई पत्र काटेर लिखितका साथै मौखिक रुपमा जानकारी लिएर त्यसलाई निवारण गर्न तिर गईरहेका छौं ।'

डिमाण्ड किन्न मलेसियामा 

मलेसियाको डिमाण्ड लिनका लागि नेपाली म्यानपावर व्यवसायीहरु मलेसिया पुगिसकेका मलेसियाका लागि बैदेशिक रोजगारीको काम गर्दै आएका व्यवसायीहरु बताउँछन् । मलेसियामा नेपाली कामदार पठाउँदै आएका एक म्यानपावर व्यवसायीले भने 'पहिलेदेखि काम गरिरहेका पुराना कम्पनीका डिमाण्ड ल्याउन नै सकस पर्न थालिसक्यो, शुन्य लागतमा नै काम गरिएका कम्पनीका डिमाण्डका लागि पनि उल्टै नेपालबाट कमिसन दिन्छौं भन्दै नेपालका केहि म्यानपावर व्यवसायीहरु नै मलेसिया पुगेका छन् यस्तो अवस्थामा कसरी काम गर्नु ?' 

मलेसियामा नेपाली श्रमिकहरु आपूर्ति गर्ने कम्पनीहरु मध्ये करिब २५ प्रतिशत कम्पनीले मात्र नि-शुल्क भिषा र टिकटका साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क दिने गरेको व्यवसायीहरु बताउँछन् । 

शुन्य लागत कार्यन्वयन गरिंदै 

सरकारले म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै धरौटी रकम बढाएर घटाउने प्रयास गरेपनि अन्तत: ८ सय ५४ म्यानपावर कायम भए । यी कम्पनीहरुको अनुगमन गर्ने निकाय बैदेशिक रोजगार विभाग छ तर विभागबाट मलेसियाको लागि शुन्य लागत कार्यान्वयन भएको छ,छैन भनेर अहिलेसम्म भएको छ त ? विभागका निर्देशक गुरागाईं भन्छन् 'नयाँ डिमाण्ड प्रमाणीकारण साथै डिमाण्डको पुर्व स्वीकृति लिने कार्य भर्खर मात्र शुरु भएको अवस्था छ, सेवा शुल्क बढी मागिएका उजुरीहरु विभागमा आइसकेको छैन, आएमा कारवाही गर्छौं ।' मलेसियाको डिमाण्ड कति संख्यामा आउँछ, कुन-कुन म्यानपावर कम्पनीले ल्याउँछन्, यस्ता डिमाण्ड ल्याउने म्यानपावर कम्पनीको आधिकारिक लिष्ट तयार गरेर अनुगमनलाई तीव्र बनाउने तयारी गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस