२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाटै पुन:श्रम स्वीकृति: के गर्दैछ श्रम मन्त्रालय ? किन हुँदैछ ढिलाई ?

२०७६, ६ कार्तिक बुधबार ०२:३१

मनोज पराजुली ,कार्त्तिक ६, काठमाडौं । बैदेशिक रोजगारीमा विदेश गएका कामदारको लागि विदेश बाट नै श्रम स्वीकृति दिने कार्य अझै अनिश्चित बनेको छ । मन्त्रालयगत समन्वय र अनलाइन सिस्टममा आवश्यक प्राविधिक व्यवस्था गर्न नसक्दा विदेश बाट नै श्रम स्वीकृति दिने कार्यका लागि कामदारहरुले अझै केहि समय कुर्नुपर्ने देखिएको छ ।

सरकारले पुन: श्रम स्वीकृति कै लागि नेपाल आउनुपर्ने बाध्यता हटाउनको लागि बैदेशिक रोजगार नियमावलीको पाँचौं संसोधन गर्दै विदेश बाट नै श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । विदेशस्थित राजदुतावास र कुटनैतिक नियोगहरु मार्फत नै श्रमिकले रि-इन्ट्रीको ब्यबस्था गर्न सक्नेगरि नियमावली संसोधन गरिएपनि आवश्यक तयारी पुरा हुन सकेको छैन । तर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मी श्रम मन्त्रालयले गर्नुपर्ने आवश्यक व्यवस्था गरिसकेको बताउँछन् । श्रम मन्त्रालयले अफ्ठ्यारा फुकाउने हो, नियमावली संसोधन भईसक्यो उनले भने'अरु प्रक्रियागत कुराहरुमा नियोगहरुबाट पत्र आएमा हेर्छौं ।'

श्रम मन्त्रालयसंग सहकार्य गर्दै श्रम स्वीकृति दिने कार्यका लागि सहजीकरण गर्न सबै राजदुतावास र कुटनैतिक नियोगहरुलाई पत्राचार गरिसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले बताए । अनलाइन र भुक्तानीको विषयमा कुरा मिलिनसकेको बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन् । दुतावासहरुमा सिस्टम कुरा पुगिनसकेको तथा कर्मचारीको व्यवस्था गर्नुपर्ने विषयमा परराष्ट्र मन्त्रालयसंग कुरा भैरहेको उनले बताए । अनलाइन सिस्टमका विचमा लिंक गर्ने काम भैरहेको उनको भनाई छ ।

एक कामदारले कम्तिमा दुई पटक सम्म विदेशमा नै श्रम स्वीकृति (रि-इन्ट्री) गर्न सक्ने व्यवस्था गरेको छ । आफ्नो भिसा अबधि थपेर विदेसमा थप अवधिसम्म काम गर्नेहरुलाई  सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस