२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार अभिमुखीकरण संस्था खारेज गर्ने बिभागको ध्यानाकर्षणमा महासंघको यस्तो धारणा

२०७६, १५ कार्तिक शुक्रबार १६:०७

कात्तिक १५, काठमाडौँ | बैदेशिक रोजगार बिभागले अभिमुखीकरण संस्थाहरुलाई नियमन गरेको बिषयमा नेपाल बैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले आफ्नो धारणा प्रस्तुत गरेको छ । महासंघले बैदेशिक रोजगार बिभागको पक्षमै रहेर व्यवसायीहरुलाई ध्यानाकर्षण गराएको हो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै अभिमुखीकरण तालिमको व्यवसायिक मूल्य मान्यतामा रही व्यवसाय संचालन गर्न आग्रह गरेको छ । बिज्ञप्तिमा भनिएको छ 'हालै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारीले दश वटा तालिम संस्थाको छड्के अनुगमन गरी विभिन्न कैफियत भेटिएको भन्ने रिपोर्ट तयार गरिएकोमा प्राय सबैमा सन्तोषजनक नरहेको भन्दै महासंघलाई मौखिक जानकारी तथा ध्यानाकर्षण गराएको छ । तसर्थ आम अभिमुखीकरण तालिम प्रदायक संस्थाले तोकिएको मापदण्ड र मूल्य मान्यतामा रही व्यवसाय संचालन गर्नु गराउनुहोला ।' 

महासंघले बिज्ञप्ति मार्फत 'आगामी दिनमा सरोकारवाला निकायहरुले गरिने अनुगमन निरीक्षणमा कुनै कसुर वा कैफियत भेटिए संस्थानै खारेजसम्मको चेतावनी आएको हुनाले महासंघको तर्फबाट समयमै सजग रहन ध्यानाकर्षण सहित अनुरोध गर्दछौं' भनेको छ । 

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम सञ्चालन र व्यवस्थापन गर्न आवश्यक भएकोले बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै कार्यविधि बनाई लागू गरेको छ । तर अभिमुखीकरण तालिम सञ्चालन गर्ने केहि संस्थाहरुले कार्यविधि बिपरित काम गरेको पाइएको भेटिएको भन्दै बिभागले ध्यानाकर्षण गराएको थियो । 

वैदेशिक रोजगारीको लागि अभिमुखीकरण संस्थाले एउटा कक्षामा बढीमा २५ जना प्रशिक्षार्थी राख्न पाउने, एउटा संस्थाले एकपटकमा बढीमा ३ वटा कक्षामा तालिम संचालन गर्न पाउने, अभिमुखीकरण तालिम देशगत समुह (क्लष्टर) अनुसार संचालन गर्नुपर्ने, प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भए पश्चात संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनु पर्ने, तालिम शुरू भइसकेपछि थप प्रशिक्षार्थीलाई वीचमा भर्ना गर्न नपाईने, तालिम अवधि पुरा नगर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र उपलब्ध नगराइने जस्ता नियम रहेका छन् । बिभागको अनुगमनका क्रममा अभिमुखीकरण दिने संस्थाहरुले नियामानुसार नगरेर कार्यविधि मिचेको, बिभिन्न कैफियत भेटिएको जनाएको छ । 

हेर्नुहोस् महासंघको बिज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस