२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि आवेदन माग, ८६ स्वास्थ्य संस्थाले आवेदन दिन पाउने

१८ कार्तिक २०७६, सोमबार ०५:०१

मनोज पराजुली, कार्तिक १८, काठमाडौं । मलेसियाले नेपालबाट मलेसिया जाने कामदारको बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थालाई सहभागी हुन आवेदन खुलाएको छ । मलेसियाले नेपाल सरकारले सिफारिस गरेको १ सय २२ स्वास्थ्य संस्था मध्ये नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन आवेदन खुलाएको हो ।

मलेसियाले कामदार लिंदै आएको १४ वटै देशबाट मलेसिया आउने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले जीमा लिंदै आएको छ । मलेसियाको अध्यागमन विभागले सोमबार www.fwcms.com.my  वेबसाइट मार्फत  सार्वजनिक सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल गर्न इच्छुक संस्थाका लागि आवेदन खुला गरेको हो ।


नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी पश्च्यात दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिको गत सेप्टेम्बर १० देखि १२ गते सम्म मलेसियामा बसेको दोश्रो संयुक्त बैठकले १ सय २२ संस्था मध्ये थप नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि प्रक्रियामा सहभागी गराउने सहमति गरेको थियो । नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट नै तत्काल काम अघि बढाउने सहमति भएको थियो । साथै नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया नोभेम्बर पहिलो साताबाट सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया हाल अघि बढाएको हो। 

सुचिकृत हुन एक महिनाको समय 

 मलेसियाले तोकेको मापदण्ड पुरा गरेका संस्थालाई आवेदन दिन एक महिनाको समय दिईएको छ। जस अनुरुप नेपाल सरकारबाट छनोट भएका नयाँ ८६ स्वास्थ्य संस्थाहरुले मात्रै यस प्रक्रियामा सहभागी हुन् पाउनेछन् । आवेदन दिन इच्छुक स्वास्थ्य संस्थाले पुरा गर्नुपर्ने प्रक्रिया उल्लेख गर्दै आगामी डिसेम्बर ४ तारिखसम्म आवेदन दिन सकिने मलेसियाले जनाएको छ। 

मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले आफ्नो संस्थाको बिस्तृत प्रोफाइल, संस्थाका संचालकको नाम, ठेगाना, कम्पनी रजिस्टार कार्यालयबाट पाएको संस्था संचालन अनुमति प्रमाण-पत्र, संस्था रहेको नक्सा तथा संस्थाको सांगठानिक संरचना ढाँचासहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गर्नु पर्ने छ। त्यस्तै स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालय मातहत रहेका विभिन्न निकायबाट पाएका अनुमति पत्र सहित मलेसियाले मागेको विभिन्न १० वटा आवस्यक कागजात समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य