२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि आवेदन माग, ८६ स्वास्थ्य संस्थाले आवेदन दिन पाउने

२०७६, १८ कार्तिक सोमबार ०५:०१

मनोज पराजुली, कार्तिक १८, काठमाडौं । मलेसियाले नेपालबाट मलेसिया जाने कामदारको बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थालाई सहभागी हुन आवेदन खुलाएको छ । मलेसियाले नेपाल सरकारले सिफारिस गरेको १ सय २२ स्वास्थ्य संस्था मध्ये नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन आवेदन खुलाएको हो ।

मलेसियाले कामदार लिंदै आएको १४ वटै देशबाट मलेसिया आउने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले जीमा लिंदै आएको छ । मलेसियाको अध्यागमन विभागले सोमबार www.fwcms.com.my  वेबसाइट मार्फत  सार्वजनिक सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल गर्न इच्छुक संस्थाका लागि आवेदन खुला गरेको हो ।


नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी पश्च्यात दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिको गत सेप्टेम्बर १० देखि १२ गते सम्म मलेसियामा बसेको दोश्रो संयुक्त बैठकले १ सय २२ संस्था मध्ये थप नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि प्रक्रियामा सहभागी गराउने सहमति गरेको थियो । नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट नै तत्काल काम अघि बढाउने सहमति भएको थियो । साथै नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया नोभेम्बर पहिलो साताबाट सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया हाल अघि बढाएको हो। 

सुचिकृत हुन एक महिनाको समय 

 मलेसियाले तोकेको मापदण्ड पुरा गरेका संस्थालाई आवेदन दिन एक महिनाको समय दिईएको छ। जस अनुरुप नेपाल सरकारबाट छनोट भएका नयाँ ८६ स्वास्थ्य संस्थाहरुले मात्रै यस प्रक्रियामा सहभागी हुन् पाउनेछन् । आवेदन दिन इच्छुक स्वास्थ्य संस्थाले पुरा गर्नुपर्ने प्रक्रिया उल्लेख गर्दै आगामी डिसेम्बर ४ तारिखसम्म आवेदन दिन सकिने मलेसियाले जनाएको छ। 

मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले आफ्नो संस्थाको बिस्तृत प्रोफाइल, संस्थाका संचालकको नाम, ठेगाना, कम्पनी रजिस्टार कार्यालयबाट पाएको संस्था संचालन अनुमति प्रमाण-पत्र, संस्था रहेको नक्सा तथा संस्थाको सांगठानिक संरचना ढाँचासहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गर्नु पर्ने छ। त्यस्तै स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालय मातहत रहेका विभिन्न निकायबाट पाएका अनुमति पत्र सहित मलेसियाले मागेको विभिन्न १० वटा आवस्यक कागजात समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस