२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीद्वारा जापानमा कामदर लैजाने प्रकृयालाई थप गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह

२५ कार्तिक २०७६, सोमबार १२:१५

कार्त्तिक २५, काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नर्सिङ्ग केयर गिभर लिने प्रकृयालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन जापान सरकारसंग अनुरोध गरेका छन् । जापानको कृषि, वन र माछापालन मन्त्रालयका उपमहानिर्देशक तकमी नाकडाको नेतृत्वमा आएको जापानी प्रतिनिधिमण्डलले शिष्टाचार भेटका क्रममा श्रममन्त्री गोकर्ण विष्टले उक्त अनुरोध गरेका हुन् । 

जापानले पहिलो चरणमा नेपालबाट नर्सिङ्ग केयर गिभर मा कामदार लैजाने प्रक्रिया शुरु गरिसकेको छ । नेपाल र जापान सरकारबीचको उक्त विशेष दक्ष कामदार सम्बन्धी समझदारी कार्यान्वयनको प्रकृयाले अझ तीब्र एवं व्यवस्थित रुपले अगाडि बढ्ने अपेक्षा राख्दै सोका लागि नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको भेटमा श्रममन्त्रीले बताए । 


जापानका महामहिम राजदूत मसमिची सैगो समेत सहभागी रहेको उक्त भेटघाटमा  मन्त्री विष्टले जापान सरकारबाट श्रम तथा रोजगार क्षेत्र लगायतका विविध क्षेत्रमा भएको सहयोगका लागि धन्यवाद व्यक्त दिएका छन् । यसका साथै नेपाल सरकार र जापान सरकार बीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै नीजि क्षेत्रहरुबीच समेत सम्बन्ध स्थापित गर्ने सम्भावनाको बारेमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । 

नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने मन्त्रि विष्टले बताए । यस सन्दर्भमा नेपाल र जापान सरकारबीच सम्पन्न भएको विशेष दक्ष कामदार  सम्बन्धी समझदारी अनुसार तोकिएका विभिन्न १४ क्षेत्र मध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । 

उक्त भेटघाटमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख नकाडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताउनुका साथै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइका मार्फत सहकार्य गर्न सकिने बताए ।

भेटघाटमा जापानका राजदूतले नेपालबाट जापानमा कृषि कामदार लैजान यस टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापान बीच भएको श्रम समझदारी अनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य