२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भर्ना प्रक्रिया स्वच्छ तथा न्यायमा पहुँच हुन नसक्दा आप्रवासी कामदारको मानवअधिकार जोखिममा

२०७६, २७ कार्तिक बुधबार १७:२३

कार्तिक २७, काठमाडौँ । कामदारको भर्ना प्रक्रिया स्वच्छ र जिम्मेवार हुन नसक्दा आप्रवासी कामदारको मानवअधिकार जोखिममा परेको ठहर गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’का क्रममा आज भएको छलफलमा आप्रवासन क्षेत्रका जानकारले अनियमित आप्रवासन तथा आप्रवासी कामदारको न्यायमा पहुँच नपुग्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको बताए ।

छलफलमा सहभागीले आप्रवासी कामदारमाथि हुनसक्ने जोखिम न्यूनीकरणका लागि उत्पत्ति मुलुकबाट गन्तव्य मुलुकसँगको समन्वय महत्वपूर्ण हुने बताएका थिए । कामदारले गन्तव्य मुलुकमा विभिन्न समस्या भोग्नु परेको भएता पनि प्रस्थानपूर्व आफ्नै मुलुकमा समेत भर्ना प्रक्रियादेखि नै विभिन्न समस्याहरु भोग्नुपरेको भन्दै उनीहरुले तत्काल ती समस्या समाधान गर्न आग्रह गरेका थिए ।


प्रचलित कानूनको प्रभावकारी कार्यान्वयनको अभाव, कतिपय मुलुकका नीतिहरुमा रहेका कमजोरीका कारण कामदार अनियमित तवरबाट वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेको उनीहरुको ठहर थियो । गन्तव्य मुलुकमा आप्रवासन सुरक्षित र पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनीहरुले कामदारको लागि मानवीय व्यवहार र कानूनी प्रक्रियामा लैजान सबै पक्षहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

श्रम आप्रवासनका क्रममा हुने मानव ओसारपसार र बेचविखनबाट पीडितको संरक्षणका लागि अधिकारमा आधारित पद्धतिलाई अङ्गीकार गर्दै अनियमित आप्रवासनबाट सिर्जना हुने जोखिमबाट नागरिकहरुलाइ संरक्षण गर्न आ–आफ्ना मुलुकका सम्बद्ध निकाय र कूटनीतिक नियोगले विभिन्न मुलुकका राष्ट्रिय मानव अधिकार संस्था र नागरिक समाजसँग सहकार्य गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।


कुनैपनि प्रकारको व्यावसायिक क्षेत्रले संयुक्त राष्ट्रसङ्घीय निर्देशिकामा उल्लेख भएबमोजिमका मानव अधिकारका मापदण्डको सम्मान र परिपालना गर्नुपर्ने उनीहरुको भनाइ थियो । सहभागीले राज्यले नीति तथा संरचना निर्माण गरेको भएता पनि तिनमा ठूलो सङ्ख्याका आप्रवासी कामदारको सहज पहुँच नभएको बताएका थिए ।

वैदेशिक रोजगारीको क्रममा आउन सक्ने भाषागत, कानूनी एवं अदालती प्रक्रियामा आवश्यक शूल्कको अभाव, गन्तव्य मुलुकको कानूनको ज्ञान नहुनुलगायत चुनौतिलाई ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । साथै, कानूनी उपचारमात्रै समस्याको समाधान नभएर आप्रवासी कामदारहरुलाई सामाजिक न्याय र विभिन्न पक्षबाट सशक्तीकरण गर्नुपर्ने खाँचो औँल्याइएको थियो ।

आजका तीनवटा सत्र राष्ट्रिय मानव अधिकार संस्थाका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको थियो । सत्रमा ३ जना विशेषज्ञबाट कार्यपत्र प्रस्तुत गरिएको थियो भने १२ जना ‘प्यानलिष्ट’बाट धारणा तथा टिप्पणी राखिएको थियो । त्यसैगरी विभिन्न देशका ४० सहभागीले समस्या तथा चुनौतिका विषयमा जिज्ञासा तथा आफ्ना धारणा राख्दै प्रभावकारी कार्यन्वयनमा जोड दिएका थिए । सम्मेलनमा नेपालसहित २७ देशका १४० जनाको सहभागिता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस