२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीबाट गोकर्ण विष्ट हट्दा म्यानपावर व्यवसायीलाई दशैं, श्रमिकलाई आँशु !

२०७६, ४ मंसिर बुधबार १८:२४

मंसिर ५,  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएका छन् । विष्टलाई पदबाट हटाइएपछि सामाजिक संजालमा उनको बारे सकारात्मक र नकारात्मक दुवै चर्चा परिचर्चा शुरु हुन थालेको छ  ।

विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ । २०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालयमा नै बिताए । यस अवधिमा श्रम क्षेत्रमा देखिने केहि राम्रा काम गरेर ऊनी बाहिरिएका छन् । ओझेलमा परेको श्रम क्षेत्रलाई मुलधारमा ल्याउन उनले केहि प्रयास गरे, जसले गर्दा आजपनि उनलाई प्रशंशा गर्नेहरु निकै रहेका छन् साथमा उनको विरुद्धमा लाग्नेहरुको सुची पनि लामै रहेको छ । उनको कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएका नभएका होइनन् । 

आफ्नो कार्यकालमा गरेका कामलाई लिएर म्यानपावर व्यवसायीले खुसियाली मनाएका छन् श्रमिक वर्गले सुधारको आशा समाप्त भएको जनाएका छन् । अरुलाई सिसाको घरमा बसेर धेरै नबोल्नुस भन्नेहरूको घरपनि सिसाकै हुँदो रहेछ कठै भन्दै एक म्यानपावर व्यवसायीले सामाजिक संजालमा लेखेकी छिन् । 

तर कतिपय म्यानपावर व्यवसायीले राम्रै नजरले पने हेर्ने गरेका छन्  । एक व्यवसायीले सामाजिक संजालमा लेखेका छन् 'श्रम मन्त्री बिष्ट असल नियतका थिए । श्रममा नीतिगत रुपमा असल निर्णय भएका थिए, श्रमिकका पक्षमा भएका थिए । त्यसलाई म्यानपावर ब्यवसायीले मन पराएनन् र संघमा बहुमत हुँदाहुँदै पनि चुनाबमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराए । अन्तत मन्त्री आफैँ साईड लागे । दलालहरुको शक्ति अदम्य छ ।' 

'असल र इमान्दारहरुलाई जहाँ पनि धेरै टिक्न दिइदैन यो नेपाली विशेषता नै हो दु:खद कुरा' भन्दै समर्पण भट्टराईले लेखेका छन् । गोकर्ण विष्टले नेपाली जनताको लागि केही सकारात्मक राम्रो काम गरेका थिए बेग श्रेष्ठले लेखेका छन् 'दलाल माफियाहरुलाई ठगीमा सहजताको लागि गोकर्ण बिस्टलाई हटाइ छाडे । जनताको लागि केही राम्रो काम गरेको देख्ने नसहने राजनीतिक नेतृत्वको चाल देखियो।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस