२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीबाट गोकर्ण विष्ट हट्दा म्यानपावर व्यवसायीलाई दशैं, श्रमिकलाई आँशु !

४ मंसिर २०७६, बुधबार १८:२४

मंसिर ५,  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएका छन् । विष्टलाई पदबाट हटाइएपछि सामाजिक संजालमा उनको बारे सकारात्मक र नकारात्मक दुवै चर्चा परिचर्चा शुरु हुन थालेको छ  ।

विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ । २०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालयमा नै बिताए । यस अवधिमा श्रम क्षेत्रमा देखिने केहि राम्रा काम गरेर ऊनी बाहिरिएका छन् । ओझेलमा परेको श्रम क्षेत्रलाई मुलधारमा ल्याउन उनले केहि प्रयास गरे, जसले गर्दा आजपनि उनलाई प्रशंशा गर्नेहरु निकै रहेका छन् साथमा उनको विरुद्धमा लाग्नेहरुको सुची पनि लामै रहेको छ । उनको कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएका नभएका होइनन् । 

आफ्नो कार्यकालमा गरेका कामलाई लिएर म्यानपावर व्यवसायीले खुसियाली मनाएका छन् श्रमिक वर्गले सुधारको आशा समाप्त भएको जनाएका छन् । अरुलाई सिसाको घरमा बसेर धेरै नबोल्नुस भन्नेहरूको घरपनि सिसाकै हुँदो रहेछ कठै भन्दै एक म्यानपावर व्यवसायीले सामाजिक संजालमा लेखेकी छिन् । 

तर कतिपय म्यानपावर व्यवसायीले राम्रै नजरले पने हेर्ने गरेका छन्  । एक व्यवसायीले सामाजिक संजालमा लेखेका छन् 'श्रम मन्त्री बिष्ट असल नियतका थिए । श्रममा नीतिगत रुपमा असल निर्णय भएका थिए, श्रमिकका पक्षमा भएका थिए । त्यसलाई म्यानपावर ब्यवसायीले मन पराएनन् र संघमा बहुमत हुँदाहुँदै पनि चुनाबमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराए । अन्तत मन्त्री आफैँ साईड लागे । दलालहरुको शक्ति अदम्य छ ।' 

'असल र इमान्दारहरुलाई जहाँ पनि धेरै टिक्न दिइदैन यो नेपाली विशेषता नै हो दु:खद कुरा' भन्दै समर्पण भट्टराईले लेखेका छन् । गोकर्ण विष्टले नेपाली जनताको लागि केही सकारात्मक राम्रो काम गरेका थिए बेग श्रेष्ठले लेखेका छन् 'दलाल माफियाहरुलाई ठगीमा सहजताको लागि गोकर्ण बिस्टलाई हटाइ छाडे । जनताको लागि केही राम्रो काम गरेको देख्ने नसहने राजनीतिक नेतृत्वको चाल देखियो।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य