२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

२०७६, ८ मंसिर आईतवार १३:५६


मनोज पराजुली | मंसिर ८, काठमाडौँ | बैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अबैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मौवाखोला गाउँपालिका स्थाई घर भएका कैलाश लिम्बु रहेका छन् ।

सरकारले एजेन्टको व्यवस्था खारेज गरेपनि म्यानपावरहरुमा एजेन्टहरु मार्फत नै कारोवार भईरहेको गुनासो आईरहेका बेला मलेसिया पठाउने भन्दै लिम्बुले सिन्धुली कमलामाई नगरपालिका वडा नं. ११ का झलक बहादुर विक. र कोष्टराज विकसँग नगद रकम लिएका थिए । लिम्बुले पिडितहरुलाई शुक्रबारका दिन 'शनिबार उडान छ, पैसा लिएर आउनु' भनेर बोलाएपछि पीडितहरु घरबाट मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए तर श्रमस्वीकृति समेत नलिइ पीडितहरुलाई काठमाडौँ बोलाइएको खुलेको छ । 


हिजो शनिबारनै उडान भनेर आएपनि पीडितहरुको श्रमस्वीकृति नभएको र चर्को रकम समेत मागेको बिषयमा बैदेशिक रोजगार बिभागमा उजुरी परेपछि सोहि उजुरीको आधारमा बिभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बुलाई पक्राउ गरेको हो । बिभागको टोली अनुगमनमा पुग्दा लिम्बुले पीडितहरुसंग नोभा इन्टरनेशनलको हाताभित्र पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाईसकेका थिए । न्यौपानेले पैसा अशुलीमा आफ्नो संलग्नता नरहेको बताएपनि लिम्बुले न्यौपानेकै अनुरोधमा पैसा लिएको दावी गरेका छन् । बिभागले अनुगमनको क्रममा न्यौपानेसंग रहेको १ लाख २० हजार नगद समेत बरामद गरेको छ ।


दुई युवाबाट मलेसिया पठाउने भन्दै प्रति व्यक्ति १ लाख २० हजार रकम मागेको र यसअघि पनि लिम्बुले प्रति व्यक्ति ४०/४० हजार रुपैंया लिएको खुलेको छ । पीडितहरुले आईएमई मार्फत लिम्बुलाई रकम पठाएको प्रमाण बिभागलाई बुझाएका छन् ।  पिडितहरुको मलेसियाको लागि भिषा आएपनि श्रम नभएको विभागले जानकारी दिएको छ । पीडितहरुको ब्लु ओसियन रिक्रुटमेन्ट मार्फत श्रमस्वीकृतिको लागि बिभागमा फाइल पुगेको बिभागले जानकारी दिंदै सोहि म्यानपावरले पीडितहरुलाई निशुल्क मलेसिया पठाउनुपर्ने कानुनी बाध्यता हुने बताएको छ । 


लिम्बुमाथि अनुसन्धान प्रक्रियाका लागि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अगाडी बढाइएको बिभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले जानकारी दिए । लिम्बुलाई संस्थागत रुपमा जोडिएको अवस्थामा संस्थागत नभए व्यक्तिगत ठगिमा कानुनी कारवाही गरिने भुसालले बताए । 

बैदेशिक रोजगार बिभागले रकम लिने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । कामदारसँग अबैध रुपमा शुल्क अशुल गर्ने प्रवृति बढेको गुनासो आएको भन्दै बिभागले त्यस्ता व्यक्ति विरुद्धको अपरेशनलाई तीब्र बनाएको जनाएको छ । सरकारले एजेन्ट व्यवस्था खारेज गरिसके पछि पनि पछिल्लो समय म्यानपावरले नै व्यक्ति मार्फत रकम लिन लगाउने गरेका छन् । 

भुलसुधार: माथिको समाचारमा ब्लु ओसियन रिक्रुटमेन्ट प्रा.लि हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

# बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस