२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपाली कामदार अलपत्र, ६ महिनासम्म तलब सुविधा बिना नै बस्न बाध्य

२०७६, १० मंसिर मंगलवार ०७:०९

मनोज पराजुली, मंसिर १०, काठमाडौं ।  बैदेशिक रोजगारीको लागि साउदी पुगेका एक युवाले अलपत्र परेको भन्दै छिटो भन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका छन् । साउदीको अर्कड इन्जिनिएरिंङ्ग एण्ड कन्स्ट्रक्सन कम्पनीबाट पाउनु पर्ने सम्पुर्ण तलब सुविधा दिलाई नेपाल फर्काइ दिन सिन्धुपाल्चोक जिल्ला जुगल गाउॅपालिका २ नाम्फा स्थायी घर भएका विवेक विश्‍वकर्माले आग्रह गरेका हुन् ।

बैदेशिक रोजगारीको लागि साउदी पुगेका युवाहरु काम र तलब बिना नै ६ महिनासम्म बस्न बाध्य भएको विश्‍वकर्माले साझा सबाललाई जानकारी दिए । उनी केएसए इन्टर्नेशनल ग्रुप मार्फत साउदी गएका थिए । विगत २३ महिना देखि साउदीको अरबको यस कन्स्ट्रक्सन कम्पनीमा कार्यरत छौं उनले भने' छ महिना देखि तलब दिएको छैन, २३ महिना हुँदा पनि एउटा पनि अकामा नदिएको र पुरानो मान्छेको नविकरण गराएको छैन ।'

२१ महिनामै घर पठाउन भनेर बिना तलब तयारी अवस्थामा राखेको तर आजसम्म पनि नेपाल फर्किन नपाएको उनले बताए । उक्त कम्पनीमा कार्यरत अन्य नेपालीहरुलाई करार अवधि सकिंदा पनि बिना तलब बिना सेवा सुविधा ४ देखी ९ महिनासम्म राखेको विश्‍वकर्माले बताए ।  उपयुक्त खाना दिएको छैन उनले भने 'अहिले पशुले खाने झै प्लास्टिकमा दिएको छ, फोहोर नउठाएको कारण दुर्गन्ध फैलिएको छ ।'

पछिल्लो समय कम्पनीको स्थिति बारेमा एजेन्ट र म्यानपावर कम्पनीलाई पनि जानकारी गराएको उनले बताएका छन् । साउदी पठाउन १ लाख ५ हजार रुपैंया लिएका एजेन्ट प्रेम गिरीलाई जानकारी गराउॅदा कम्पनीलाई नै भन्‍नु मलाई थाहा छैन भनेको छ, उनले भने 'मलाई यहॉबाट निकाल्नुस र मैले बुझाएको पैसा फिर्ता गरिदिनुस् भन्दा गाली गौलज गरि कहॉ जानछस जा कसलाई उजुरी गर्छस गर भन्दै धम्काउने गरेको उनले बताए । 

यस समस्या बारे जानकारी प्राप्त भएको र समाधानको प्रयास भईरहेको म्यानपावर संचालक नवराज बस्नेतले बताए । साउदीको उक्त्र कम्पनीमा समस्या भएको बारे विवेक विश्‍वकर्मा १५/२० दिन अगाडी जानकारी गराएका छन् बस्नेतले भने 'कम्पनी घाटामा गएर साउदी सरकारबाट कालोसूचीमा परेको छ, जसका कारण आइडी  नै ब्लक भएको छ ।' साउदीको उक्त कम्पनीमा नेपालका ४ म्यानपावर कम्पनीले कामदार पठाएका सय भन्दा धेरै कामदार रहेको भन्दै उनले कम्पनीको बारेमा साउदी दुतावासमा जानकारी गराई सकिएको तर समस्या समाधान नभएको उनले बताए । रोजगारदाता कम्पनीले आगामी डिसेम्बर अन्तिमसम्ममा समाधान गरिसक्ने प्रतिवद्धता जनाएकोले सो समयसम्म पीडितहरुलाई नेपाल फिर्ता गरिसक्ने उनले दावी गरेका छन्  । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस