२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कार्यरत कामदारले व्यक्तिगत विवरण बुझाउनुपर्ने, नबुझाए १० हजार रियाल जरिवाना

११ मंसिर २०७६, बुधबार ०६:४९

मङ्सिर ११, काठमाडौं | कतारमा कार्यरत सम्पूर्ण आप्रवासी कामदारहरुले आफ्नो  आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने भएको छ । कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याउनको लागि यस्तो विवरण बुझाउन अनुरोध गरेको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको खबर त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

संचार माध्यमहरुमा आएको खबर अनुसार कतारमा रहेका नेपाली सहित सम्पूर्ण आप्रवासीहरुले कतार मूलुकमा आफू बसोबास गर्दै आएको ठेगाना, मोबाईल नम्बर, फोन नम्बर, रोजगारदाताको ठेगाना तथा सम्पर्क नम्बर, ईमेल र आाफ्नो देशको स्थायी ठेगाना लगायतका विवरणहरु स्थानीय प्रशासनमा दर्ता गराउनुपर्ने भएको छ ।

विवरण पठाउँदा आफ्ना बालबच्चा कतारमै छन् भने उनीहरुको समेत विवरण पठाउनुपर्ने भएको छ । जसको लागि कतारले सहज प्रक्रिया अपनाएको जनाएको छ । त्यस्तो विवरण जो सुकैले आफ्नो मोबाईल मार्फत पनि पठाउन सक्नेछन् । कतारले कानून लागू भएको ६ महिनाभित्र पनि विवरण नबुझाएको खण्डमा दश हजार रियाल करिब ३ लाख नेपाली रुपैयाँ जरीवाना तिराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य