२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलको सडकमा नेपाली सुत्ने गरेको समाचारको एनआरएनद्वारा खण्डन

२०७६, १२ मंसिर बिहीबार ०८:०४

मङ्सिर १२, काठमाडौँ । 'पोर्चुगलमा सडकमै सुत्छन् नेपाली' शीर्षकमा प्रकाशित समाचारको गैरआवासीय नेपाली संघ पोर्चुगलले खण्डन गरेको छ । राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि नेपाली मिडियाहरुमा उक्त समाचार प्रकाशित तथा प्रशारण भएका थिए ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् भने पोर्चुगलमै केन्द्रित रहेर पत्रकारिता गरिरहेका ७ जनाले गैरेको भनाइकै खण्डन गरेका छन् ।


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ध्यानाकर्षण नोट जारी गर्दै गैरेले राष्ट्रिय समाचार समितिको उक्त समाचारप्रति एनआरएनए पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘दुईचार जना दुव्र्यसनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको हाम्रो ठहर छ,’ गैरेले भनेका छन् ।

गैरेको भनाइमा असहमत हुँदै बुधबार संचारकर्मीहरु योगेन्द्र मिलन छन्त्याल, राजकुमार थापा, सुरेश जोशी, हरिकृष्ण पन्थी, कलश खरेल, भगवान गिरी र पेम्बागेलु शेर्पाले संयुक्त विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ समन्वय परिषद पोर्चुगलका अध्यक्ष तिलक गैरेले हतारोमा विज्ञप्ति निकालेकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । ‘एनआरएनएका कुनै पनि पदाधिकारीसँग परामर्श र छलफल नै नगरी गैरेले निकालेको विज्ञप्तिमा सडकमा नेपाली बास बस्ने गरेको कुरा पनि स्वीकार गरेका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पोर्चुगलमा केही नेपाली आजभोलि पनि सडकमा बास बसिरहेका र उनीहरुको अवस्था नाजुक रहेको समाचारका सम्बन्धमा गैरेले विज्ञप्ति जारी गर्न उपयुक्त थिएन ।’


पोर्चुगलमा केही समयदेखि बढ्दै गएको कुलत, कुसंगतले युवाहरुमा यसका नकारात्मक भाव परेको यथार्थ रहेको भन्दै उनीहरुले भनेका छन्, ‘कतिपय यस्तै कुलत र डिप्रेसन समेतले घरपरिवार र जिम्मेवारीबाट विचलित भइ सडकमै बस्ने, सडकमै खाने गरेको सत्यता सबैले देखेकै कुरा हो ।’

पोर्चुगलमा सडकमै सुत्छन् नेपाली, किन सुत्छन् सडकमा ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ