२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अवैधानिक बसेका नेपालीहरूलाई दूतावासले सेवा दिने, नेपाल फर्कन चाहनेहरुलाई अवसर

२०७६, १३ मंसिर शुक्रबार ११:३१

मंसिर १३, मलेसिया । नेपाली राजदूतावास मलेसियाले डिसेम्बर महिनाको १ तारिक आइतबारको दिन मलेसियाको पेनाङ्ग राज्यमा यात्रा अनुमति पत्र बनाउने सेवा उपलब्ध गराउने भएको छ। राजदूतावासले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरूलाई दूतावासबाट प्रबाह गरिने सेवाहरु सरल र सहज गराउने उदेश्यले यो सेवा उपलब्ध गराउन लागिएको दुतावासले जनाएको छ । 

मलेसिया सरकारले अवैधानिक विदेशी श्रमिकहरूलाई आममाफी दिई स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’को लागु गरेको छ । सोही कार्यक्रमलाई लक्षित गरि पेनाङमा यात्रा अनुमतिपत्र सेवाहरू प्रवाह गर्न लागेको दूतावासले जनाएको छ ।मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा  लिइरहेका छन् । यो अवसर गएको अगष्ट १० देखि लागू भएको थियो भने डिसेम्बर ३१ मा सकिनेछ।

सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।  साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस