२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एजेन्टले हातैमा नगद दिनुपर्छ भन्यो, ‘म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन’ अब के गरूँ ?

१६ मंसिर २०७६, सोमबार ०९:५९

मंसिर १६, काठमाडौं । बैदेशिक रोजगारीका क्रममा आवश्यक सूचना समयमै नपाउंदा युवाहरु ठगिने क्रम बढ्दै गएको पाइएको छ । गत आर्थिक बर्षमा मात्र २ सय ९ वटा व्यक्तिगत ठगीका मुद्दा अदालतमा दायर गरी रु २२ करोड ५७ लाख वीगो दाबी गरिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । चालू आर्थिक बर्षको प्रथम चार महिनामा व्यक्तिगत ठगीतर्फ ९८ मुद्दा दायर भै रु ११ करोड वराबरको बीगो दाबी गरिएको उनले बताए । 

त्यसैगरी संस्थागत ठगी नियन्त्रण तर्फ गत आर्थिक बर्षमा ४ सय २९ उजुरीउपर छानबीन गरी ९ करोड ५९ लाख ३३ हजार क्षतिपूर्ति भराइएको तथा ८७ लाख ५० हजार जरिवाना गरिएकोमा चालू आर्थिक बर्षको ४ महिनाको अवधिमा २ सय ३३ वटा उजुरी फरफारक गरी ३ करोड ४३ लाख क्षतिपूर्ति भराउनुका साथै कानून विपरित कार्य गर्ने इजाजत पत्रवालालाई ४४ लाख ५० हजार जरिवाना गराइएको भुसालले बताए ।

वैदेशिक रोजगारी ठगी : दोष सरकारको कि आफ्नै ? 

विभागका महानिर्देशक भुसालले वैदेशिक रोजगारी ठगी सम्बन्धी केही प्रतिनिधि उजुरीहरु केलाउंदै लेखे 'वैदेशिक रोजगारी ठगी सम्बन्धी केही प्रतिनिधि उजुरीहरुः दोष सरकारको कि हाम्रो आफ्नै ? (कृपया बढीभन्दा बढी शेयर गरी सचेतना जगाउन सघाउनु होला।)' यी त विभागको नेतृत्वमा उनी आएपछि विभागमा आएका केहि प्रतिनिधिमुलक ठगीका उजुरीका विवरण मात्र थिएनन्, बरु बैदेशिक रोजगारीमा सुचनाको पहुँच कहाँ छ भनेर देखाउने प्रतिनिधि मुलक घटना पनि हुन् ।  

पछिल्ला उजुरी कस्ता कस्ता छन् ?

विभागमा पछिल्ला दिनमा अमेरिका लैजान्छु भन्दै २६ लाख लिने, क्यानडाका नाममा २१ लाख, अष्ट्रेलियाका नाममा १६ लाख, स्पेन लैजान भन्दै ४ लाख र पोर्चुगल लैजाने भन्दै १२ लाखसम्म उठाएर गरिएका ठगीको विवरण आएको भुसाल बताउँछन् । पछिल्लो दिनमा अर्मेनिया पठाउँछु भनेर ठगिएकाहरुको निकै उजुरी विभागमा प्राप्त भएको भुसाल बताए । अर्मेनिया पठाउँछु भनेर ५ लाख ४५ हजार लियो, पैसा फर्काउँदैन जे सक्छस् गर् भन्छ। नगदै दिएको, के गर्ने ? प्रतिनिधिमुलक उजुरीको उदाहरण दिंदै भुसालले भने 'म्यानपावरले २२ सय मासिक रियालमा भनेर पठायो, उता गएर ७०० मात्रै पाइएको छ, फर्काउनु पर्यो।' 

विभागमा आएको एक गुनासोलाई लिंदै भुसालले भने 'म्यानपावर मार्फत बहराइन जान लागेको। तर एजेन्टले पैसा हातैमा नगद दिनुपर्छ भनेको छ। म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन।' सरकारले एजेन्ट व्यवस्था हटाइसकेपछि पनि अझैपनि म्यानपावर कम्पनीहरुले एजेन्ट मार्फत नै कामदार लिंदै आएको विभागको बुझाइ छ।  

पोल्याण्ड जानको लागि भनेर ३ लाख लियो, पठाउन सकेन,विभागमा उजुरी दिन जान्छु भनेको 'नजाउ, म पैसा फिर्ता दिन्छु भनेर चेक दियो। तर जतिपटक साट्न जाँदा पनि चेक साटिन्न।' विभागमा आएको अर्को उजुरीलाई लिंदै भुसालाले भने । पछिल्लो समय खाडी मुलुक बाहेक युरोपियन देश पठाउने भन्दै ठगी गरेका उजुरी बढेको विभागको ठहर छ ।

स्पेन, चेक रिपब्लिक, अमेरिका लैजाने भन्दै ४ लाख २६ लाखसम्म ठगिएका उजुरीहरु आउनेक्रम बढेको भुसालले बताए । यी विभागमा आएका उजुरी हुन् भुसालले भने 'दक्षिण अफ्रिका लैजान्छु भनेर ६ लाख दिएको। पैसा बुझेपछि एजेन्टको स्वीच अफ छ। फेसबुकमा विज्ञापन देखेर सम्पर्क गरियो। अब के गर्ने ?', 'मकाउ लान्छु भनेर ७ लाख ६० हजार लियो। पैसा फिर्ता पनि गर्दै, लैजान पनि सकेन ।' 

युवाले किन सूचना पाउँदैनन् ?

बैदेशिक रोजगार वोर्डले सूचना प्रवाहका लागि वार्षिक लाखौँ रकम खर्च गर्दै आएको छ । लाखौं खर्च गरेर गरिने प्रचारको प्रभावकारिता भने खासै परेको देखिंदैन । वोर्डले विदेश जाने कामदारको लागि प्रति कामदार १५ सय रकम लिंदै आएको छ । वोर्डले उक्त रकम श्रमिकको हितकै लागि विभिन्न शीर्षकमा खर्च गर्दै आएको छ तर वोर्डले सूचना प्रवाहमा गरेको खर्चको प्रभावकारिता व्यवहारिक रुपमा भने देखिएको छैन । वैदेशिक रोजगारका लागि लक्षित गरि तेश्रो चरणको 'सुरक्षित आप्रवासन' परियोजना नाममा २ अर्ब ३८ करोड रकम खर्च गरिंदैछ। सरकारी निकायबाट नै हुने यस्ता खर्चको सार्थकता लक्षित वर्ग सम्म नै नपुग्ने गरेको स्वयं युवाहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य