२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भत्ता नपाएपछि विभागका कर्मचारी म्यानपावरको अनुगमनमा जान छाडे, कामदारले १ लाख तिर्दै

१८ मंसिर २०७६, बुधबार १०:०८

मनोज पराजुली। मङ्सिर १८, काठमाडौँ | बैदेशिक रोजगार विभागका कर्मचारीले अनुगमन भत्ता नपाउने भएपछि इजाजत प्राप्त संस्थाको अनुगमनमा नै जान छाडेका छन् । बुधबार एक युवाले कतार जान म्यानपावरले चर्को शुल्क लिन लागेको बारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा गरेको उजुरीमा विभागले अनुगमन नै गर्न नमानेको हो ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीमा अनुगमन गर्नका लागि ‘अनुगमन टोली परिचालन कार्यविधि-२०७६’ बनाएको थियो । सो कार्यविधिले अनुगमनमा जाने कर्मचारीको दैनिक भत्ता तोकेको थियो तर सो कार्यविधि अर्थ मन्त्रालयको सहमति बिना नै बनाइएकोले भत्ता पाउने अवस्था नरहेको विभागका एक कर्मचारीले बताए । अनुगमन भत्ता नपाउने भएपछि कर्मचारी अनुगमनमा जानै चाहंदैनन् विभागकै एक कर्मचारी भन्छन्  'कर्मचारीले नै सक्रियता नदेखाउँदा अनुगमनमा जान सक्ने अवस्था छैन ।'

रोजगारीको लागि कतार जान लागेका एक युवाले आँफु ठगिन लागेको भन्दै सहयोग माग गरेका थिए । सो जानकारी बुधबार विभागसम्म पुगेको थियो तर विभागका कर्मचारीले अनुगमन भत्ता नपाउने भन्दै तत्काल पीडितलाई वास्ता गरेनन् । म्यानपावर कम्पनीहरुले विदेशमा कामदार पठाउन थालेको ३४ वर्षपछि सरकारले अनुगमनका लागि स्पष्ट व्यवस्था सहितको कार्यविधि ल्याएको थियो । सो कार्यविधि आएपछि अनुगमन बढ्ने अपेक्षा गरिएपनि झन् अनुगमन नै हुन छोडेपछि युवाहरुमा विभागप्रतिको विश्वास नै घट्दै गएको पाइएको छ।

कल सेन्टरले गुनासो टिप्यो वास्ता गरेन 

कतार जान म्यानपावरले १ लाख २७ हजार माग गरेको ति पीडित युवाले साझा सबाललाई यसअघी जानकारी दिएका थिए । मैले २० हजार रकम म्यानपावर कम्पनीलाई बुझाइसकेको छु, बाँकी रकम नबुझाए विदेश जान पाइंदैन, उनले भने '१० जना एकै कम्पनीमा जाने म्यानपावरले बताएको छ, आज बेलुकीको टिकट छ ।' आँफु लगायत अरु साथीहरु ठगिन लागेको बारे श्रम मन्त्रालयको कल सेन्टरमा पनि उनले कल गरेर जानकारी दिएको बताएका छन्, तर कल सेन्टरले पनि उजुरीबारे कुनै सहयोग नगर्दा ठगिन बाध्य भएँ' उनले भने। श्रम मन्त्रालयको कल सेन्टरले पीडितको कल रेकर्ड भएको स्वीकार गरेको छ ।

साझा सबाल समाचार प्रभाव: म्यानपावरमा विभागले जुनसुकै बेला अनुगमन गर्नसक्ने (कार्यविधि सहित)

म्यानपावरद्वारा अनुगमन छल्न शनिबार कारोबार, कार्यविधि नहुँदा अनुगमन गर्न सकिएन विभाग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य