२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई जान लागत २ लाख ३० हजार: कामदारसँग रकम लिएर गन्दै गर्दा म्यानपावरमा छापा

२५ मंसिर २०७६, बुधबार १०:२५

मङ्सिर २६, काठमाडौं ।  बैदेशिक रोजगार विभागले शान्तिनगरमा रहेको ओशो रिक्रुटिङ्ग एजेन्सीमा छापा मारेको छ । संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका एक  युवासँग २ लाख ५ हजार लिंदै गर्दा फेलापारी नगद रकम वरामद गरिएको विभागका निर्देशक भोलानाथ गुरागाईंले साझा सबाललाई जानकारी दिए । 

युएईको इमिरेट्स कम्पनीमा लाइट ड्युटी ड्राइभर पदमा जानको लागि म्यानपावरले २ लाख ३० हजार माग गरेको पीडित युवाले बताएका छन् । श्रम स्वीकृति भए पस्च्यात म्यानपावरले पैसा नदिएसम्म टिकट नदिने भन्दै हप्तौं सम्म कुराएपछी चर्को शुल्क माग गर्ने म्यानपावर विरुद्ध विभागमा उजुरी दिएको उनले बताए । पीडित युवाको उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली बुधाबर म्यानपावर कम्पनीमा पुग्दा म्यानपावरका अपरेशन म्यानेजरले ती युवाबाट २ लाख ५ हजार रकम गन्दै गर्दा सो रकम जफत गरिएको हो । म्यानपावरले यस अघि भिषा प्रक्रियाका लागि भन्दै २० हजार रकम लिइसकेको उनले बताए । 


रकम अशुल्ने म्यानपावर कम्पनी संचालक सहित रकम लिने दुई कर्मचारीलाई विभागमा उपस्थित हुन पत्र काटिएको निर्देशक गुरागाईंले बताए । घटनाको थप अनुसन्धान गरि पीडितलाई सरकारले तोकेको लागतमै विदेश पठाउने ग्यारेन्टी गरि म्यानपावरलाई कारवाही गरिने विभागले जनाएको छ । 

पछिल्लो समय विभागले युवासँग तोकिएको लागत भन्दा बढी शुल्क लिने एजेन्ट तथा म्यानपावर विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाउंदै लगेको छ । म्यानपावरले चर्को शुल्क मागेमा त्यस्ता कम्पनी तथा एजेन्ट विरुद्ध विभागमा उजुरी गर्न सकिने व्यवस्था छ । नेपाल र युएई विच श्रम समझदारी हुनुपुर्व पुर्व स्वीकृति लिएका डिमाण्डमा युएई जाने युवाबाट म्यानपावर कम्पनीले अधिकतम १० हजारसम्म सेवा शुल्क लिन पाउने व्यवस्था रहेको छ । तर श्रम समझदारी पूर्ण कार्यन्वयनमा आएपछि सो शुल्क समेत म्यानपावरले लिन नपाउने प्रावधान छ । 

रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

एजेन्टले हातैमा नगद दिनुपर्छ भन्यो, 'म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन' अब के गरूँ ?

एकै दिन २ म्यानपावरमा छापा, विभाग टोली पुग्दा रकम लिंदै गरेको भेटियो (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य