२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली, यस्ता छन् कारण

३० मंसिर २०७६, सोमबार १८:१६

पुष १, काठमाडौँ | वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ । 

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् । 

बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्नुहोस् 

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका पिएनसिसीका कार्यक्रम संयोजक शान्ति सिंह बताउनुहुन्छ । 


पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आग्रह गरेका थिए । सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन् । यस्तै १०४ कामदारको खोजी भइरहेको संयोजक सिंह बताउनुहुन्छ । ५३ कामदारको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको छ । हराएको ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए । 


सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् । यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०/२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३/१३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।


परिवारको सम्पर्क बाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिएको उहाँको भनाइ छ । वैदेशिक रोजागरीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभाग, उनीहरुको वृत्तचित्र, फोटोलगायतको माध्यमबाट खोजी गरिने संयोजक सिंह बताउनुहुन्छ ।

विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ ।

कामको सिलसिलामा विभिन्न मुलुक पुगेका आप्रवासी कामदारका विस्तृत जानकारीसहितको तथ्याङ्क सङ्कलन प्रणाली स्थापना गर्न पिएसिसीले सरकारलाई सुझाव दिएको छ । यस्तै पूर्वप्रस्थान अभिमुखीकरण तालीममा कामदार हराउनु वा सम्पर्कमा नआउनुका कारणका बारेमा जानकारी दिनुपर्नेमा जोड दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य