पुस १, काठमाडौं | मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदार विरुद्ध मलेसियन सरकारले कडा कदम चाल्ने भएको छ | रोजगारीको सिलसिलामा विभिन्न देशबाट मलेसिया जाने कामदारहरुको संख्या उल्लेख्य मात्रामा छ | त्यस मध्ये नेपाल पनि एउटा देश हो |
ठुलो संख्यामा नेपाली कामदारहरु रोजगारको लागि मलेसियामा रहेका छन् | त्यस्ता अबैधरुपमा रहेका कामदारहरुलाई घर फर्कनको लागि अगस्ट १ देखि डिसेम्बर ३१ सम्मको ५ महिने अवसर दिएको थियो | उक्त अवसर जनवरी १ मा सकिँदै छ, त्यसपछि जनवरी १ देखि उनीहरूविरुद्ध कडा कदम चाल्ने मलेसियन् सरकारले जनाएको छ |
मलेसिया स्थित नेपाली दुतावासका अनुसार डिसेम्बर ३१ सम्म मलेसियामा रहेका अबैध कामदारलाई घर फर्किए कुनै कारवाही गर्ने छैन | अवैधानिक रूपमा रहेका श्रमिकलाई घर फर्कन मलेसियन् सरकारले मौका दिएकाले आउँदो दुई साताभित्र यस्तो अवसर नगुमाउन दूतावासले कामदारलाई आग्रह गरेको छ |