२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न”

२०७६, २ पुष बुधबार १४:१३

पुस २, काठमाडौं । मलेसिया जाने युवासँग चर्को रकम लिंदा लिंदै गरेको अवस्थामा बैदेशिक रोजगार विभागले फेला पारेको छ । गुल्मी रेसुङ्गाका अनिल बि.क., सन्दीप बि.क. र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थामा लाइफ इन्टर्नेशनल ओभरसिजमा फेला पारिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।


४ जना युवा मलेशियाको अबिबा प्लास्टिक उद्योगमा  जानका लागि इजाजतपत्र नं ७६० भएको महाराजगञ्ज काठमाडौंस्थित लाइफ इन्टर्नेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गरे । उनीहरुले १ लाख भित्रै पठाउन निकै अनुनय विनय गरे तर उक्त व्यक्तिले भने-  "मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न"। 

ठीक डेढ महिना अघि नोभेम्बर ३ मा उक्त मलेशियन कम्पनीबाट नेपाल र मलेशियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेशिया पठाइँदै थियो। उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको भुसालले बताए ।

यस अघिको लटका मलेशिया गईसकेको हुनसक्ने भुसालले बताए । ४ जनासँग पैसा उठाउने कार्य लाइफ इन्टर्नेशनल ओभरसिजमा भैरहेको थियो भने यिनीहरुको श्रम स्वीकृति अर्कै म्यानपावर विन रिक्रुटमेन्ट प्रा. लि.  बाट निकालिएको पाइएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ