२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रुपमा अमेरिका पुगेका पाँच नेपालीलाई बोकेर काठमाडौँ आयो अमेरिकी चार्टर्ड विमान

२०७६, २ पुष बुधबार १६:२५

पुष २, काठमाडौँ | दलालमार्फत अवैध बाटो हुँदै अमेरिका पुगेका पाँच नेपालीलाई अमेरिकाले नेपाल फिर्ता गरेको छ । अमेरिका पुगेका उनीहरुलाई लामो समय अमेरिकाको अध्यागमनले हिरासतमा राखेको थियो । अमेरिकी अदालतले नेपाली युवाहरुलाई गैर-आप्रवासी ठहर गरेपछि जहाज सहित अमेरिकाले नेपाली युवाहरुलाई नेपाल ‘डिपोर्ट’ गरेको हो । 

डिपोर्ट गरिएका ती नेपालीहरुलाई बोकेर बुधबार अमेरिकादेखि चार्टर्ड बिमान काठमाडौं आयो । जसमा थप तीन जना पाकिस्तानी नागरिक समेत थिए । उक्त चार्टर्ड विमान काठमाडौँमा नेपाली युवालाई छाडेर पाकिस्तान उडेको थियो । यसरी काठमाडौँमा डिपोर्ट गरिएका नेपालीहरुमा रूकुम स्यालापाखा-९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री रहेका छन् । 

उनीहरुलाई विमानमा ल्याउने क्रममा हत्कडी लगाइएको थियो । काठमाडौं उत्रेपछि मात्र उक्त हत्कडी खोलिएको थियो । 

Photo Credit: setopati

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस