२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाले लिएको सीप परीक्षामा आधा असफल, ६ हजार ७ सय ७३ सीप स्किल टेष्ट पास

३ पुष २०७६, बिहीबार ०९:०९

पुस, ३, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा नतिजा प्रकाशित भएको छ । सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जना भाषा उत्र्तीण गरेका थिए । 

भाषाा परिक्षा उत्र्तीण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परिक्षा उत्र्तीण गरेको कोरियाको मानव सशाधन केन्द्र (एचआरडी)ले जनाएको छ । उत्पादन र कृषि क्षेत्रमा कति संख्यामा सीप परिक्षामा उत्तीर्ण भएभने भन्ने विषयमा भने विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

पीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने वैदेशिक रोजगार इपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए । 

स्किल टेष्ट भिडियोका आधार

कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्छ ।  स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ । 

कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान शुरु गरेको थियो । भने, नेपालबाट सन् २००८ बाट मात्र कामदार लिन थालिएको हो । 

साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ । भाषा परीक्षामा उत्तीर्ण झन्डै १० हजार नेपाली कोरिया जान पाएका छैनन् । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । हाल, कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य