अन्तरराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अन्तरराष्ट"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार जानकारी पुस्तिका सार्वजनिक

२०७६, ३ पुष बिहीबार ०९:४५

पुस, ३, काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना फैलाउने उद्देश्यले वैदेशिक रोजगारसँग सम्बन्धित जानकारी समेटिएको पुस्तिका सार्वजनिक गरिएको छ ।


अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा ‘विल्डिङ एण्ड उड वर्कर्श इन्टरनेशनल’ (बिडब्लुआई) नेपालले सो पुस्तिका सार्वजनिक गरेको हो । पुस्तिकामा वैदेशिक रोजगारको अवस्था, वैदेशिक रोजगारीमा जानु अगाडि ध्यान दिनुपर्ने विषय, विदेशमा रहँदा कसरी सुरक्षित रहनेलगायत जानकारी समेटिएको छ ।

यस्तै नेपालको सरकारी तथा गैरसरकारी निकाय, तिनले दिने सेवा, विदेशमा आइपर्न सक्ने समस्या, ती समस्याबाट बच्ने उपायाका साथै कार्यस्थलमा श्रमिकले अपनाउनुपर्ने सजगताका विषय समेटिएको छ । वैदेशिक राेजगारमा जाने प्रक्रिया तथा गर्नुपर्ने तयारी, आवश्यक कागजपत्र, वैदेशिक रोजगारीको फाइदा र बेफाइदा, वैदेशिक राेजगारीबाट फर्केपछि ध्यान दिनुपर्ने कुरा, वैदेशिक राेजगारीमा गएका श्रमिक र तिनका परिवारका लागि भएका कल्याणकारी व्यवस्थाका बारेमा पुस्तिकामा राखिएकाे छ ।

जानकारीमूलक पुस्तिका पत्रकार सुनिल न्यौपानेले तयार पार्नुभएको हो । वैदेशिक रोजगारीमा जाने श्रमिक, ट्रेड युनियन, वैदेशिक रोजगारीका बारेमा जान्न चाहने पाठक, यसको प्रक्रियागत व्यवसायमा संलग्न म्यानपावर, अभिमुखीकरण संस्था र सरकारी निकायलाई सो पुस्तिका उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु