पुष ४, काठमाडौँ | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईको पर्यटक भिसा देखाएर नौ जना नेपाली गत सोमबार कुवेती विमान जजिरा एयरवेज चढेर विदेश उड्न आटेका थिए । तर उनीहरुलाई विमानस्थलबाटै पक्राउ गरि बैदेशिक रोजगार बिभागमा बुझाईएको छ ।
विमानस्थलको जाँच सकेर अगाडि बढेका उनीहरूलाई विमानस्थलको अन्तिम प्रतीक्षा कक्ष पुग्नुअघि प्रहरीले जांच गरेका थिए । लगत्तै उनीहरूलाई पक्राउ गरिएको थियो । दुबई जाने भनिए पनि उनिहरुको भीत्री उद्देश्य भने कतार पुगेर काम गर्नु रहेको खुलाशा भएको थियो ।
चेकजाँचका क्रममा प्रहरीले उनीहरूबाट कतारको भिसा र अन्य कागजात समेत फेला पारको छ । बैदेशिक रोजगारीमा काम गर्ने उद्देश्यले जाने नेपाली युवाहरुले बैदेशिक रोजगार बिभागबाट श्रम-स्वीकृति लिनुपर्ने हुन्छ । तयार उनिहरुले नेपालको सरकारी प्रक्रिया छलेर कतार जान लागेका थिए ।
विमानस्थल प्रहरी स्रोतका अनुसार कुवेतबाट दुबई जाने भनिएपनि उनीहरुसंग भएको विमान टिकट नक्कली रहेको खुलाशा भएको छ । पर्यटक भिसामा दुबई जाने भनेका उनीहरुले कुवेतबाट सिधै कतार उड्ने योजना बनाएको बुझिएको छ । अध्यागमनले उनीहरुलाई विमानस्थलबाट पक्राउ गरि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । वैदेशिक रोजगार विभागले उनीहरुमाथि अनुसन्धान गरिरहेको जानकारी दिएको छ । विभागका अनुसार उनीहरुलाई अबैध तरिकाले कतार पठाउनमा ट्राभल एजेन्सी सहित अन्य ५/६ वटा संस्था संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।