२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बैदेशिक रोजगार मागपत्रको पुर्व स्वीकृति अनलाइनबाटै, म्यानपावर व्यवसायीलाई सहज हुने

४ पुष २०७६, शुक्रबार ०७:५१

मनोज पराजुली । पुस ४, काठमाडौँ । वैदेशिक रोजगार विभागले अनलाइन मार्फत नै मागपत्र स्वीकृत गर्नेगरी तयारी शुरु गरेको छ । हाल फाइल बोकेर श्रम कार्यालय ताहाचल जाने प्रक्रियालाई अन्त्य गर्न तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक डाः भीष्म कुमार भुसालले जानकारी दिए ।

सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय संजालले वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार वोर्डको कार्य सन्चालन प्रभावकारिता सम्बन्धी कार्यक्रममा विभागले गर्ने कामलाई अनलाइन प्रणालीमा जोड्ने प्रक्रिया तिव्र पारिएको महानिर्देशक भुसालले बताए । हाल म्यानपावर कम्पनीले श्रम प्रतिनिधि राखेर फाइल लिएर श्रम कार्यलय जाने गरेका छन् । 


वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि स्टेक होल्डर पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । श्रम स्वीकृतिका लागि अनलाइनबाट फारम भर्ने तथा अनलाइन भुक्तानी गरि सेवाग्राहीलाई सहजीकरण गर्न लागिएको भुसालले बताए ।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बैदेशिक रोजगारबाट फर्किएकाहरुको निशुल्क सीप परिक्षण व्यवस्था गरिएको बताए । वोर्डले यसै आर्थिक वर्षमा १९ विषयलाई समेट्दै १५ हजार युवाहरूलाई निशुल्क तालिम दिन लागिएको ऊनले जानकारी दिए ।

अनुसन्धानकर्ता  रामेश्वर नेपालले श्रमिकबाट अत्याधिक रुपमा र गैर कानुनी शुल्क अशुल गर्ने कार्य बन्द हुन नसकेको उल्लेख गरे । एजेन्ट व्यवस्था खारेज गरेपनि नियमन प्रभावकारी नभएको पाइएको भन्दै सुधारको लागि विभागको ध्यानाकर्षण गरे । 


नेपाल बैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले व्यवसायीले अनधिकृत शुल्क लिने गरेको आरोप स्वीकार गर्दै विभागले गर्ने अनुगमनलाई पनि मिडियामा छापा भनेर व्याख्या गरिएकोमा दुखेसो पोखे । अन्तरास्ट्रिय अभ्यास हेरेर नेपालमा नियम बन्नुपर्ने भन्दै उनले व्यवसायीले लिने सेवा शुल्क परिमार्जन हुनुपर्नेमा जोड दिए । 

नेपाल नेपाल अभिकुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजारामले गौतम संस्थागत अनुगमन गर्नुपर्नेमा जोड दिए । तालिमको अवधी ३ दिन बनाउने गरि पाठ्यक्रम परिमाजन गर्ने तयारी गरिएपनि सो रोकिएको बारे गौतमले वोर्डको ध्यानाकर्षण गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य