पुस ४, काठमाडौं | बैदेशिक रोजगारीमा जान खोज्ने व्यक्तिलाई ठगी गर्ने एकजना पक्राउ परेका छन् | पक्राउ पर्नेमा स्याङ्जाको पुतली बजार–२ का २७ वर्षीय रोहिन भनिने नेत्रबहादुर घर्ती रहेका छन् | उनलाई कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो |
बिहिबार महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनलाई पक्राउ गरेको सएसपी सहकुलबहादुर थापाले जानकारी दिए | उनले ओशो भिजन कन्सल्टेन्सी र हर्ट इन्टरनेश्नलको निर्देशक भएको भन्दै र वैदेशिक रोजगारमा जान खोज्ने व्यक्तिलाई ठगेको विषयमा उजुरी परेको थियो |
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |