२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोक्ने महानिर्देशकको चेतावनी

२०७६, ४ पुष शुक्रबार ११:४३

पुस ४, काठमाण्डौ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने चेतावनी दिएका छन् । पछिल्लो समय म्यानपावर कम्पनीले श्रमिकसंग पैसा माग्ने र नदिए पासपोर्ट नै नदिने प्रवृति देखिएको भन्दै त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताएका छन् । 


सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोक्ने चेतावनी दिएका हुन् । विभागले डण्डा लिएर हिँड्दैमा व्यवसायीहरु नसुध्रने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्छ भुसालले भने ''यो निक्कै ठूलो समस्या रहेको छ, समस्यामा परेका व्यक्तिहरुले विभागमा जानकारी गराएमा उनीहरुलाई सहयोग गर्न विभाग तयार छ।''

विभागले पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको भुसालले बताए । वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि स्टेक होल्डर पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । 

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभागले एकीकृत वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफइएमआईएस) प्रणाली विकास गरेको उनले बताए । विभागले एफइएमआइएसमार्फत अनलाइनबाट नै मागपत्र स्वीकृत गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । हाल विदेशस्थित नेपाली नियोगले मागपत्र प्रमाणीकरण गरेपछि पूर्व स्वीकृतिका लागि म्यानपावरका प्रतिनिधि फाइल बोकेर श्रम कार्यलय जानुपर्ने अवस्था छ । 

अब बैदेशिक रोजगार मागपत्रको पुर्व स्वीकृति अनलाइनबाटै, म्यानपावर व्यवसायीलाई सहज हुने



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस