२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न माग

६ पुष २०७६, आईतवार १४:३१

पुष ६, काठमाडौँ | नेपाली काँग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।  

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाएको छ । 

काठमाडौँदेखि मकाउ जान र मकाउदेखि काठमाडौँ आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाले कठिनाई भोग्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मकाउमा ‘वर्क प्रमिट’ प्राप्त गरी करीब चार हजार नेपाली युवा रोजगारीमा छन् ।  

काठमाडौं–हङकङ–मकाउ/मकाउ–हङकङ–काठमाडौँ सबै भन्दा पायक पर्ने र सहज रुटमा रहेको उल्लेख गर्र्दै प्रमुख सचेतक खाँणले सो रुट भएर यात्रा गर्न नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।  

भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको प्रमुख सचेतक खाँणले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य