२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ महिनामा नै २ लाख नेपाली बिदेसिए, बाध्यकारी वैदेशिक रोजगार अन्त्य गर्ने योजना खै सरकार ?

७ पुष २०७६, सोमबार ०५:१३

पुस ७, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा नै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या २ लाख नाघेको छ । वैदेशिक रोजगार विभागले निकालेको प्रतिवेदन अनुसार साउन महिना देखि मङ्सिर महिना अवधिसम्म रोजगारीको लागि कुल २ लाख १ सय ७ नेपाली विदेशिएका हुन् ।

गत कार्त्तिक महिनामा ५१ हजार ५ सय, असोजमा  १९ हजार ५ सय ४२, भाद्र महिनामा  ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् । गत मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना र  संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २४ हजार  २९ रहेको छ ।  

मंसिरमा श्रम स्वीकृति लिनेमध्ये सबै भन्दा बढी  साउदी अरबको लागि रहेको छ । मंसिरमा साउदीको लागि ६ हजार १ सय ८२ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीपछि नेपाली कामदार को रोजाई क्रमशः यूएई, मलेसिया र कतार रहेको छ । मंसिरमा यूएको लागि ५ हजार ४ सय ३५, मलेसियाको लागि ४ हजार ९ सय ५ र कतारको लागि ३ हजार ६ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

पहिलोमा ब्ल्यू ओसियन

मंसिर महिनामा सबैभन्दा धेरै श्रम स्वीकृति लिने मध्ये ब्ल्यू ओसियन पहिलो स्थानमा रहेको छ, जसले गत महिना ४ सय ८५ जनाको श्रम स्वीकृति लिएको छ । त्यस्तै गरि दोश्रोमा रहेको एस.ओ.एस सर्भिसेस् प्रा.लि. ले ४ सय ३२,  तेश्रोमा रहेको नौकरी नेपाल प्रा.लि.ले  ३ सय ६८ र  चौंथोमा रहेको ट्रान्सवल्र्ड म्यानपावरले  ३ सय ४४ जनाको श्रम स्वीकृति निकालेका छन् 

पाँचौमा रहेको सान नेपाल प्रा.लिले ३ सय २४ जना, छैटौमा रहेको भिजन एण्ड भ्यालु प्रा.लिले  २ सय ८० जना, सातौंमा रहेका गल्फ म्यानपावर प्रा.लि  र कोशी इन्टरनेशनल सर्भिस प्रा.लि ले २५९/२५९ जनाको श्रम स्वीकृति लिएका छन् ।  आठौंमा परेको प्याराडाइज इन्टरनेशनल २ सय ५८ जना, नवौंमा रहेको दि रिभर ओभरसिजले २ सय ५२ र २ सय २२ को श्रम स्वीकृति लिएर  मोन्टेज ओभरसिज प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर सूचीको दशौं नम्बरमा परेको छ ।

अदक्ष कामदार बढी 

मङ्सिर महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना ३१ हजार १८७ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६, अर्धसिप भएका ५ हजार ७४५, व्यवसायिक सिप भएका ७५ जना र विशिष्ट सिप भएका ७ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य