२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृतिका सबै काम अनलाइनमा, अबदेखि दलालको इन्ट्री समाप्त !

११ पुष २०७६, शुक्रबार ०८:१७

पुष ११, काठमाडौं । वैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीसँग सम्बन्धित सबै कामलाई अनलाइन प्रणालीमा लैजाने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । विभागले सन् २०२० जनवरी १ देखि श्रम स्वीकृतिका सबै प्रक्रिया बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत नै गर्न लागेको जानकारी दिएको छ । 


निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीलाई सुधार गर्नका लागि गत वर्ष असोजबाट एफईआईएमएसलाई अगाडी बढाएका थिए । एफईआईएमएस पूर्ण रुपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, म्यानपावर कम्पनी, राहदानी विभाग, मेडिकल, बैंक, वीमा, अभिमुखीकरण, अध्यागमन, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिनेछन् । हाल बीमा कम्पनी र कुटनीतिक नियोग यस प्रणालीमा जोडिएका छैनन् । विभागले विहिबार विदेशस्थित नेपाली दूतावासहरुलाई श्रम स्वीकृतिको प्रक्रियाको लागि एफईआईएमएस भित्रको एटेस्टेसन मोड्युलको युजर आईडी र पासवर्ड लिन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले गत मंसिर २६ गते सबै नियोगलाई पत्र लेखेर युजर आईडी, पासवर्ड लिन र मागपत्र एफईआईएमएस मार्फत गर्न गराउन आग्रह गरिसकेको छ । वैदेशिक रोजगार मात्रपत्र प्रमाणीकरण निर्देशिका अनुसार दूतावासले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) भित्रको एटेस्टेसन मोड्युलबाट नेपाल पठाउनुपर्नेछ । यस पश्च्यात सबै कुटनीतिक नियोग विभागको सूचना प्रणालीमा जोडिने विभागले जनाएको छ ।

अनलाइनमा के के हुन्छ काम ?

अनलाइन मार्फत श्रम स्वीकृतिका लागि म्यानपावर कम्पनीले पेश गर्ने मागपत्र, करारपत्र लगायतका कागजी प्रक्रिया सरलीकृत हुने विभागको अपेक्षा छ। विदेश स्थित नियोगले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको अनलाइन प्रणालीमै पठाउनु पर्नेछ । सोहि फाइलका आधारमा विभागले डिमाण्डको पुर्व स्वीकृति दिनेछ । अनलाइन प्रणाली लागू भएपछि व्यवसायीहरुले आफ्नै इमेलमा पूर्व तथा अन्तिम श्रम स्वीकृतिको पत्र पाउनेछन् । हाल सोहि कामको लागि श्रम प्रतिनिधि विभागको काठमाडौं कार्यालय ताहाचल धाउनु अवस्था कायम छ । दूतावासहरुले सूचना प्रणाली मार्फत प्रमाणीकरण गरिएका मागपत्र पठाउन शुरु गरेपछि कागजपत्रहरुमा हुनसक्ने छेडखानी र तोडमरोडको सम्भावनालाई समाप्त पार्ने विभागको भनाई छ । विचौलियाको चलखेल बन्द हुने, श्रम स्वीकृतिको डकुमेन्ट अनलाइनमा नै भेरिफिकेसन गर्न सकिने, कुरियरको खर्च पनि बचत हुने लगायत फाइदाका साथ विद्युतीय शासन कार्यन्वयनमा समेत कोशेढुंगा हुने विभागको ठहर छ । 

विदेश जानेहरुले अनिवार्य गर्नुपर्ने बीमा बापतको रकम पनि अबदेखि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिनेछ । अहिलेसम्म बीमा बापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन ।  वैदेशिक रोजगार सम्बन्धी वीमालेख जारी गर्दा र नवीकरण गर्दा अनलाइन प्रणालीबाट गर्न वीमा समितिले ४ वटा वीमा कम्पनीलाई निर्देशन जारी गरेको गरिसकेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले बताए । यसअघी भूसालले वीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सौतेलो व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेका थिए । सो पश्च्यात श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव विनोद केसीको अध्यक्ष्यतामा मंगलबार बसेको वीमा समितका अध्यक्ष चिरञ्जीवी चापागाईं, कार्यकारी निर्देशक राजुरमण पौडेल, वैदेशिक रोजगार विभागका महादिर्नेशक डा. भीष्मकुमार भूसाल सहितको बैठकले उक्त सहमति कायम गरेको थियो । सहमतिपछि अनलाइन प्रणालीबाट वीमाको प्रिमियम रकम भुक्तानी सहज बनाउन श्रम मन्त्रालयले वीमा समितिलाई पत्राचार समेत गरिसकेको छ । वीमा समितिले वैदेशिक रोजगार म्यादी वीमा सबै वीमा कम्पनीबाट गर्न सकिने र प्रिमियम अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सहमति गरेको थियो । 

दलालको इन्ट्री समाप्त 

विभागले श्रम स्वीकृतिका लागि सबै प्रक्रिया अनलाइन मार्फत नै गर्ने भएपछि यस प्रक्रियामा दलालको इन्ट्री नै समाप्त हुने अपेक्षा गरिएको छ ।  हाल श्रम कार्यालय ताहाचलमा जाने श्रम प्रतिनिधिले कर्मचारीले घुस नखाई काम नगर्ने भन्दै म्यानपावर संचालकबाट रकम लिने गरेको आरोप लाग्दै आएको थियो । सामान्य फाइल नमिल्दा पनि कर्मचारीले रकम लिने गुनासो पनि अब समाप्त हुने विश्वाश विभागले लिएको छ । 

कुन काम कुन प्रक्रियामा पुगेर अड्किएको छ, वा भएको छैन, किन भएन ? लगायत सबै विवरण कारण खुलाएर सम्बन्धित कर्मचारीले अनलाइनमा नै लेख्नुपर्नेछ जसका कारण पनि काममा पारदर्शीता कायम हुनेछ । अनलाइन प्रणालीले डिमाण्ड पुर्व स्वीकृति र श्रम स्वीकृतिका लागि फाइल बोकेर विभाग जाने परम्पराको अन्त्य गर्नेछ ।  सूचना प्रणालीबाट श्रम स्वीकृतिको नक्कली स्टिकर बनाई ठगी गर्ने र कागजातको बाध्यता देखाएर रकम असुल्नेहरुलाई समेत यस प्रणालीले नियन्त्रण गर्न सघाउ पुग्ने विभागको ठहर छ । अनलाइन प्रणाली भएसंगै श्रम स्वीकृतिको प्रक्रियामा सकेसम्म म्यानपावर कम्पनी तथा विभाग मातहतका कर्मचारीहरुलाई प्रत्यक्ष भेटघाट नगराउने उद्देश्यसहित विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरेको हो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य