पुस ११, काठमाडौं । बैदेशिक रोजगार विभागले अभिमुखिकरण तालिम प्रदायक संस्थालाई संस्थासंग सम्बन्धित विवरणहरु अध्यावधिक अवस्थामा राख्न आग्रह गरेको छ ।
विभागले शुक्रबार एक सूचना जारी गरि विभागबाट अनुमति प्राप्त सबै अभिमुखिकरण संस्थालाई विवरण राख्न आग्रह गरेको हो ।
विभागले संस्था सम्बन्धित विवरण, संचालकहरुको विवरण, प्रशिक्षकहरुको विवरण र कर्मचारीहरुको विवरण एक्सल सिटमा तयार गरि सोको विध्युतीय प्रति ७ दिन भित्र विभागको इमेल ठेगानमा पेश गर्न भनेको छ। तोकिएको समयमा विवरण अध्यावधिक नगराउने तथा नपठाउने संस्थाहरुको कारोबार रोक्का राखिने विभागले जनाएको छ ।
