२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साढे तीन लाख तिरेर विदेश गएका श्रीमान युएईमा मेडिकल फेल भए, क्षेतिपूर्ति कसरी पाउने ?’

२०७६, १३ पुष आईतवार १०:२८

पुष १३, काठमाडौँ | बैदेशिक रोजगारीको समस्याहरु धेरै छन् । यस्तै समस्या मध्ये एक हो, स्वदेशमा गरिएको मेडिकल परिक्षण विदेशमा पुगेर फेल हुनु । 

नेपालबाट बैदेशिक रोजगारीको क्रममा सेक्युरिटी गार्ड पदमा युएई पुगेका एक व्यक्तिकि श्रीमतीले फोन मार्फत जिज्ञाशा व्यक्त गरिन् । उनको प्रश्न थियो 'एक महिना अघि इटहरीको एक मेडिकल संस्थाबाट मेडिकल परिक्षणमा पास भएर युएई गएका मेरो श्रीमानको बिदेशमा परिक्षण गराउँदा फेल देखायो । उहाँ एक सातापछि नेपाल फर्कदै हुनुहुन्छ के गर्ने ?' 

उनको समस्याको हल गर्ने कानुनी बाटो त्यति अफ्ट्यारो छैन तर समस्या लागत खर्चको छ । उनका श्रीमान युएईमा सेक्युरिटी गार्ड पदमा गएका हुन् । जसको लागि उनका श्रीमानले एजेन्ट तथा म्यानपावर कम्पनीलाई ३ लाख ५० हजार लागत शुल्क बुझाएका थिए । 

आफ्ना श्रीमान नेपालमा मेडिकल फिट भएर विदेश पुगेपछि अनफिट भएको भन्दै उनले जिज्ञाशा पोखिन् 'मेरो श्रीमान नेपाल फिर्ता हुँदैछन्, अब मैले बैदेशिक रोजगारीमा जाँदा लागेको लागत र प्रक्रियागत खर्च फिर्ता पाउन कहाँ जानु पर्छ ?'

यसै बिषयमा सम्बन्धित म्यानपावर कम्पनीसँग जानकारी लिँदा एजेन्टको संलग्नतामा उनका श्रीमान युएई गएका हुन् । म्यानपावर संचालकले भनेका छन् 'त्यत्रो लागत म्यानपावरले लिएको होइन, एजेन्ट मार्फत अशुली भएको हुनसक्छ, यस्तो अवस्थामा जोडिएका एजेन्टको विवरण हेरेर पिडितलाई लागत सहितको क्षेतीपूर्ति दिनेछौं ।' 

कानुनि उपचार के छ ? 

नेपालमा मेडिकल पास भएर विदेश गएको मान्छे विदेशमा मेडिकल फेल भएमा कानुनी उपचार पनि छ । नेपालमा मेडिकल गराउँदा पास भए पनि  विदेशमा पुगिसकेपछि रोजगारदाताले स्वास्थ्य जाँच गर्दा  फेल भएमा क्षतिपूर्ति पाइने व्यवस्था छ । वैदेशिक रोजगार ऐनको दफा ७२ मा गलत स्वास्थ्य परीक्षणको प्रतिवेदनका कारण कोही फर्किनुपरे वैदेशिक रोजगारीमा जाँदा र फिर्ता हुँदा लागेको रकम गलत स्वास्थ्य परीक्षण गर्ने संस्थाले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो समस्या पर्दा नेपालमा मेडिकल जाँच गराउने स्वास्थ्य संस्थाले पिडितलाई क्षेतीपूर्ति दिनुपर्ने हुन्छ । माथिको समस्याको हकमा पनि यस्तै कुराको लागु हुन्छ । पिडितले मेडिकल अनफिट भएको कारण मेडिकलबाट पाउनुपर्ने नियम अनुसार क्षेतीपूर्ति र आफू जाँदा लागेको लागत समेत पाउनुपर्ने हुन्छ । नियमानुसार मेडिकल चेक गराउँदा लागेको खर्च र विदेश जाँदा आउँदा लागेको दुइतर्फी हवाई भाँडा बराबरको खर्च मेडिकल संस्थाले दिनुपर्ने नियम छ । 

जसको लागि पिडित पक्षले मेडिकल पास भएको रिपोर्टको सक्कल प्रति, विदेशमा मेडिकल फेल भएको प्रमाण (फेल देखाउने मेडिकल रिपोर्ट), श्रम स्वीकृति गरेको हुनुपर्ने, जाँदा फर्किँदाको हवाई टिकटको प्रतिलिपि, राहदानीको प्रतिलिपि र मेडिकल चेक गराउन पैसा बुझाएको रसिद समेत बैदेशिक रोजगार विशेषज्ञ समितिमा निवेदन दिन सक्छन । यसरी निवेदन दिँदा पिडित व्यक्ति नेपाल फर्केको ३५ दिन भित्र निवेदन दिइसक्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ