२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साढे तीन लाख तिरेर विदेश गएका श्रीमान युएईमा मेडिकल फेल भए, क्षेतिपूर्ति कसरी पाउने ?’

१३ पुष २०७६, आईतवार १०:२८

पुष १३, काठमाडौँ | बैदेशिक रोजगारीको समस्याहरु धेरै छन् । यस्तै समस्या मध्ये एक हो, स्वदेशमा गरिएको मेडिकल परिक्षण विदेशमा पुगेर फेल हुनु । 

नेपालबाट बैदेशिक रोजगारीको क्रममा सेक्युरिटी गार्ड पदमा युएई पुगेका एक व्यक्तिकि श्रीमतीले फोन मार्फत जिज्ञाशा व्यक्त गरिन् । उनको प्रश्न थियो 'एक महिना अघि इटहरीको एक मेडिकल संस्थाबाट मेडिकल परिक्षणमा पास भएर युएई गएका मेरो श्रीमानको बिदेशमा परिक्षण गराउँदा फेल देखायो । उहाँ एक सातापछि नेपाल फर्कदै हुनुहुन्छ के गर्ने ?' 

उनको समस्याको हल गर्ने कानुनी बाटो त्यति अफ्ट्यारो छैन तर समस्या लागत खर्चको छ । उनका श्रीमान युएईमा सेक्युरिटी गार्ड पदमा गएका हुन् । जसको लागि उनका श्रीमानले एजेन्ट तथा म्यानपावर कम्पनीलाई ३ लाख ५० हजार लागत शुल्क बुझाएका थिए । 

आफ्ना श्रीमान नेपालमा मेडिकल फिट भएर विदेश पुगेपछि अनफिट भएको भन्दै उनले जिज्ञाशा पोखिन् 'मेरो श्रीमान नेपाल फिर्ता हुँदैछन्, अब मैले बैदेशिक रोजगारीमा जाँदा लागेको लागत र प्रक्रियागत खर्च फिर्ता पाउन कहाँ जानु पर्छ ?'

यसै बिषयमा सम्बन्धित म्यानपावर कम्पनीसँग जानकारी लिँदा एजेन्टको संलग्नतामा उनका श्रीमान युएई गएका हुन् । म्यानपावर संचालकले भनेका छन् 'त्यत्रो लागत म्यानपावरले लिएको होइन, एजेन्ट मार्फत अशुली भएको हुनसक्छ, यस्तो अवस्थामा जोडिएका एजेन्टको विवरण हेरेर पिडितलाई लागत सहितको क्षेतीपूर्ति दिनेछौं ।' 

कानुनि उपचार के छ ? 

नेपालमा मेडिकल पास भएर विदेश गएको मान्छे विदेशमा मेडिकल फेल भएमा कानुनी उपचार पनि छ । नेपालमा मेडिकल गराउँदा पास भए पनि  विदेशमा पुगिसकेपछि रोजगारदाताले स्वास्थ्य जाँच गर्दा  फेल भएमा क्षतिपूर्ति पाइने व्यवस्था छ । वैदेशिक रोजगार ऐनको दफा ७२ मा गलत स्वास्थ्य परीक्षणको प्रतिवेदनका कारण कोही फर्किनुपरे वैदेशिक रोजगारीमा जाँदा र फिर्ता हुँदा लागेको रकम गलत स्वास्थ्य परीक्षण गर्ने संस्थाले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो समस्या पर्दा नेपालमा मेडिकल जाँच गराउने स्वास्थ्य संस्थाले पिडितलाई क्षेतीपूर्ति दिनुपर्ने हुन्छ । माथिको समस्याको हकमा पनि यस्तै कुराको लागु हुन्छ । पिडितले मेडिकल अनफिट भएको कारण मेडिकलबाट पाउनुपर्ने नियम अनुसार क्षेतीपूर्ति र आफू जाँदा लागेको लागत समेत पाउनुपर्ने हुन्छ । नियमानुसार मेडिकल चेक गराउँदा लागेको खर्च र विदेश जाँदा आउँदा लागेको दुइतर्फी हवाई भाँडा बराबरको खर्च मेडिकल संस्थाले दिनुपर्ने नियम छ । 

जसको लागि पिडित पक्षले मेडिकल पास भएको रिपोर्टको सक्कल प्रति, विदेशमा मेडिकल फेल भएको प्रमाण (फेल देखाउने मेडिकल रिपोर्ट), श्रम स्वीकृति गरेको हुनुपर्ने, जाँदा फर्किँदाको हवाई टिकटको प्रतिलिपि, राहदानीको प्रतिलिपि र मेडिकल चेक गराउन पैसा बुझाएको रसिद समेत बैदेशिक रोजगार विशेषज्ञ समितिमा निवेदन दिन सक्छन । यसरी निवेदन दिँदा पिडित व्यक्ति नेपाल फर्केको ३५ दिन भित्र निवेदन दिइसक्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य