२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व स्वीकृतिका फाइलहरु पौष २२ भित्र टुङ्गाइसक्न म्यानपावर कम्पनीलाई विभागको निर्देशन

१५ पुष २०७६, मंगलवार १७:३८

मनोज पराजुली । पुस १५, काठमाडौं । बैदेशिक रोजगार विभागले पुस १५ सम्म वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गरिएका पूर्व स्वीकृतिका फाइलहरु पौष २२ भित्र टुङ्गाइसक्न म्यानपावर कम्पनीलाई समयसीमा दिएको छ । विभागले अंग्रेजी नयाँ वर्षबाट आफ्ना सेवा पूर्ण रुपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली) बाट प्रदान गर्न लागिएकोले यसअघिका फाइललाई २ हप्ताभित्र टुंग्याउन समयसीमा दिईएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

प्रमाणीकरण भईसकेका तर वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश नभएका फाइलहरु पेश गर्न र पूर्व स्वीकृति लिईसक्न पौष मसान्तसम्मको म्याद दिइएको उनले बताए । सन् २०२० जनवरी १ देखि सबै राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ गरिने भुसालले जानकारी दिए ।

पौष १७ विहिबारबाट सबै ८५३ इजाजतपत्रवाला संस्था (म्यानपावर)का सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन गरिने डा. भुसालले बताए । विदेशस्थित सबै नेपाली राजदूतावासले विद्युतीय सुशासनको यो महाअभियानमा हातेमालो गर्नेमा हामी पूर्णतः विश्वस्त रहेका छौं, उनले भने "अब पालो अनलाइन बीमा प्रिमियम भुक्तानीको….बीमा कम्पनीहरु! अब उठौं, जागौं, विद्युतीय सुशासनतर्फ लम्कौं। ढीला भयो। अनलाइन व्यक्तिगत पुनः श्रम स्वीकृति र कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृतिको हलो त्यहीं अड्कियो।"

बीमा समितिले वैदेशिक रोजगार सम्बन्धी वीमालेख जारी गर्दा र नवीकरण गर्दा लाग्ने दस्तुर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गर्न वीमा समितिले ४ वटा वीमा कम्पनीलाई निर्देशन दिइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिलेसम्म बीमा बापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन ।  यसअघी भूसालले वीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सौतेलो व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेका थिए । सो पश्च्यात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बीमा समिति र बैदेशिक रोजगार विभाग विच बीमा बापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्न सहमति जुटेको थियो ।

सरकारले विदेशमा रहेको नेपालको कुटनीतिक नियोगबाट नै बढीमा २ पटकसम्म पुन: श्रम स्वीकृति दिन सक्नेगरि बैदेशिक रोजगार नियमावली संसोधन गरेको थियो तर सो अनुरुप कार्यन्वयनमा भने आउन सकेको छैन । कुटनीतिक नियोगबाट नै पुन: श्रम स्वीकृति हुने व्यवस्थाका लागि विभागले आवश्यक समन्वय गरिरहेको भएपनि प्रगति हुन नसकेको विभागको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य