४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकैघरका सात जना रोजगारीको लागि इराकमा

१६ पुष २०७६, बुधबार १९:४८

पुष १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ्याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी रहेको पाइएको छ । नेपाल सरकारले खुला नगरे पनि दलालमार्फत भारत हुँदै प्रतिबन्धित इराक पुग्ने त्यहाँका १४२ मध्ये ९८ जना महिला रहेको माइती नेपालले गरेको सर्वक्षणबाट पत्ता लागेको हो 

प्रमुख रुपमा तामाङ र शेर्पाको बसोवास रहेको उक्त वडाका महिलाको यसअघि प्रमुख गन्तव्य चीनको खासा बजार रहेको थियो । तर २०७२ सालको भूकम्पबाट तातोपानी नाका बन्द भएपछि उनीहरुको लागि खाडीलगायतका मुलुक प्रमुख गन्तव्य बनेको माइती नेपालका जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिनुभयो । 

इराकमा काम गर्दा अमेरिकी डलरमा राम्रो कमाइ हुने र युरोप तथा अमेरिका जान सहज हुने भएकाले दलालमार्फत भारत भएर नेपाली जाने गरेको वडाध्यक्ष सुपा लामाले बताउनुभयो । पालिकामा निर्वाचित भएर आएपछि श्रम स्वीकृति पाएका देशमा रोजगारीमा जाने व्यक्तिले अनिवार्य वडा कार्यालयमा सल्लाह लिन आउनुपर्ने र त्यसबापत प्रतिव्यक्ति रु १०००÷दिने निर्णय गरे पनि कोही नआएको हुँदा ०७४/७५ मा विनियोजीत रकम दुई लाख बजेट ‘फ्रिज’ भएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार त्यहाँका थुप्रै युवायुवती रोजगारीको सिलसिलामा इराकका साथै कुवेत, अष्ट्रेलिया, जापान र अमेरिकामा रहेका छन् । विदेश जान राहदानी लिनेमध्ये ४० प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कबाट देखिन्छ । 

विगतका वर्षमा देशका विभिन्न भागबाट चीनको खासामा मानव तस्करीमा वृद्धि हुन थालेपछि रोकथामको लागि तातोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको थियो । भूकम्पबाट लामो समयसम्म नाका बन्द भएपछि नाकाबाट हुने सबै काम अरनीको राजमार्गको बन्देउमा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको छ । बन्द भएको पाँच वर्षपछि नाका सञ्चालनमा आए पनि चीनले सर्वसाधारणलाई खासा प्रवेशमा कडाइ गरेपछि  माइती नेपालले आफ्नो कार्यालय सन् २०२० को पहिलो दिनबाट बन्द गरिएको संयोजक घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ