२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकैघरका सात जना रोजगारीको लागि इराकमा

२०७६, १६ पुष बुधबार १९:४८

पुष १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ्याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी रहेको पाइएको छ । नेपाल सरकारले खुला नगरे पनि दलालमार्फत भारत हुँदै प्रतिबन्धित इराक पुग्ने त्यहाँका १४२ मध्ये ९८ जना महिला रहेको माइती नेपालले गरेको सर्वक्षणबाट पत्ता लागेको हो 

प्रमुख रुपमा तामाङ र शेर्पाको बसोवास रहेको उक्त वडाका महिलाको यसअघि प्रमुख गन्तव्य चीनको खासा बजार रहेको थियो । तर २०७२ सालको भूकम्पबाट तातोपानी नाका बन्द भएपछि उनीहरुको लागि खाडीलगायतका मुलुक प्रमुख गन्तव्य बनेको माइती नेपालका जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिनुभयो । 

इराकमा काम गर्दा अमेरिकी डलरमा राम्रो कमाइ हुने र युरोप तथा अमेरिका जान सहज हुने भएकाले दलालमार्फत भारत भएर नेपाली जाने गरेको वडाध्यक्ष सुपा लामाले बताउनुभयो । पालिकामा निर्वाचित भएर आएपछि श्रम स्वीकृति पाएका देशमा रोजगारीमा जाने व्यक्तिले अनिवार्य वडा कार्यालयमा सल्लाह लिन आउनुपर्ने र त्यसबापत प्रतिव्यक्ति रु १०००÷दिने निर्णय गरे पनि कोही नआएको हुँदा ०७४/७५ मा विनियोजीत रकम दुई लाख बजेट ‘फ्रिज’ भएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।  उहाँका अनुसार त्यहाँका थुप्रै युवायुवती रोजगारीको सिलसिलामा इराकका साथै कुवेत, अष्ट्रेलिया, जापान र अमेरिकामा रहेका छन् । विदेश जान राहदानी लिनेमध्ये ४० प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कबाट देखिन्छ । 

विगतका वर्षमा देशका विभिन्न भागबाट चीनको खासामा मानव तस्करीमा वृद्धि हुन थालेपछि रोकथामको लागि तातोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको थियो । भूकम्पबाट लामो समयसम्म नाका बन्द भएपछि नाकाबाट हुने सबै काम अरनीको राजमार्गको बन्देउमा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको छ । बन्द भएको पाँच वर्षपछि नाका सञ्चालनमा आए पनि चीनले सर्वसाधारणलाई खासा प्रवेशमा कडाइ गरेपछि  माइती नेपालले आफ्नो कार्यालय सन् २०२० को पहिलो दिनबाट बन्द गरिएको संयोजक घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस