२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका विषय समेटेर ‘धनिरामको उडान’ लघु चलचित्र निर्माण (हेर्नुहोस् भिडियो)

२०७६, १९ पुष शनिबार ०६:२२

पुष १९, काठमाडौँ |  वैदेशिक रोजगार विभागले  वैदेशिक रोजगारीको विविध पाटो समेटेर लघु चलचित्र 'धनिरामको उडान' निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगारीमा जानुपूर्व ध्यान दिनुपर्ने विषयदेखि विदेशमा रहँदा कसरी काम गर्ने भन्ने सम्मको जानकारी दिएको छ ।

विभागका महानिर्देशक डा भीष्मकुमार भुसालको परिकल्पनामा निर्माण गरिएको सो लघु चलचित्रले सुरक्षित वैदेशिक रोजगारीलाई महत्व दिएको छ । यस्तै स्वदेशमै काम गरेर पनि सहजै जीवन निर्वाह गर्न सकिन्छ भन्ने पक्षलाई पनि उजागार गरिएको छ । सीप सिकेर, सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यक जानकारी तथा कागजात लिएर मात्रै वैदेशिक रोजगारीमा जान, विदेशमा कमाएको पैसा विलासी वस्तुको खरिदमा मात्र खर्च गर्न हुँदैन भन्ने सन्देश सो चलचित्रले दिएको छ ।

यस्तै वैदेशिक रोजगारी पैसा कमाउनभन्दा पनि ज्ञान सीप हासिल गर्न तथा विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई नेपालमै लगाउनुपर्छ भन्ने विषयलाई पनि चलचित्रमा समेटिएको छ । यसैगरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन पछिल्लो समय सरकारले लिएको नीति, शून्य लागतलगायतका विषय पनि चलचित्रमा अटाएका छन् । विदेश जानुपुर्व जाने देश, काम, तलब लगायत जानकारी लिनुपर्ने संदेश उक्त लघु चलचित्रले दिएको छ त्यस्तै दलालको भरमा विश्वासमा पर्दा पाउनुपरेको दु:खलाई पनि उक्त चलचित्रले देखाएको छ । 

सो लघु चलचित्र विभागको स्थापना दिवसको अवसर पारेर गत बुधबार सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् 'धनिरामको उडान'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस