२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा रहेका नेपालीलाई उद्दारको तयारीमा सरकार,दूतावासको सम्पर्कमा रहन आग्रह

२०७६, २२ पुष मंगलवार ११:१०

पुस २२, काठमाडौँ | अमेरिकाले इरान् माथि ड्रोन् आक्रमण गरी वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरेपछि दुवै देशबीच तनाब चुलिएको छ | दुई देशबीच तनाब बढ्दै गएपछि त्यँहा रहेका नेपालीको अवस्था बारे सरकारले चाँसो देखाएको हो |

सरकारले इरानमा रहेका नेपालीको उद्दारका लागि तयारीमा रहेको जनाएको छ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेपालीलाई 'रेस्क्यु' गर्ने योजना बनाइरहेको बताएका छन् |

नेपाल सरकारले इरान जान प्रतिबन्ध लगाएपनि अबैध बाटो हुँदै इरान पुगेका नेपालीको संख्या कति छ भन्ने एकिन तथ्यांक सरकारसँग पनि छैन | परराष्ट्र मन्त्रालयको अगुवाइमा 'एक्टिभ' टोली बनाएर हरेक खबर राख्ने योजना सरकारको रहेको मन्त्रीले बताएका छन् | उनले भने, 'इराकमा कति नेपाली छन् भन्ने परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन गरिंदै छ |'

यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो |

खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे तत्काल जानकारी दिन राजदूतावासलाई निर्देशन दिइएको परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले बताए | उनले दूतावास नभएका मुलुक हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए |

आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहित बसेको बैठकले खाडीमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा रहन भनेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस