२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि वैदेशिक रोजगार ठगीका उजुरी प्रहरी कार्यालयमै दिन सकिने, विभाग र प्रहरी विच समझदारी

२७ पुष २०७६, आईतवार १२:२५

पुस २७, काठमाडौं । अबदेखि वैदेशिक रोजगारीका क्रममा हुने ठगि तथा समस्याका उजुरी प्रहरी कार्यालयमा नै दिन सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी विच आज भएको समझदारी अनुरुप ठगीका उजुरी प्रहरी कार्यालय बाट नै दिन सकिने व्यवस्था लागू भएको हो ।

वैदेशिक रोजगारीको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने विषयमा दुई पक्षीय समझदारी भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । पीडित व्यक्तिको संरक्षक तथा पुनःस्थापना गर्न विभाग र नेपाल प्रहरी अन्तर्गत रहेको अपराध अनुसन्धान विभाग विच समझदारी भएको भुसालले बताए ।

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट  वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धि ठगीमा सम्लग्न हुनेलाई कानूनको दायरामा ल्याई कारवाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एक आपसमा सहकार्य गर्ने सहमती भएको महानिर्देशक भुसालले बताए । वैदेशिक रोजगारीको क्रममा हुने मानव वेचविखन निवारणका लागि प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधी भित्र रहि सूचनाहरु आदान प्रदान गर्न सहमतिले सहझ गर्ने उनले बताए ।

अबदेखि ठगीमा परेको बारे पीडितले नजिकको प्रहरी कार्यलयमा निवेदन दिन सक्नेछन् भुसालले भने ''त्यस्ता निवेदन उपर प्रहरीको क्षेत्राधिकार भए प्रहरीको निकाएले हेर्ने नभए वैदेशिक रोजगार विभागले हेर्ने गरी सहमति भएको छ ।''  वैदेशिक रोजगारीका नाममा हुने गरेका उजुरीहरु जिल्ला प्रशासन कार्यालयले समत लिन सक्ने हाल व्यवस्था छ । आजबाट लागू भएको सहमतिले पीडितको उजुरी तथा गुनासा सम्बधित व्यक्तिको नजिकको प्रहरी कार्यालयमा समेत दिन सक्ने व्यवस्था गरेको छ ।

भोलिका दिन देखि अनाधिकृत रुपमा वैदेशिक रोजगारीमा काम गर्नेलाई घण्टी बजेको छ, भुसालले भने "अब आफ्नो नजिकको प्रहरी कार्यलयले पीडितको निवेदन लिन्छ आवश्यक प्रारम्भिक अनुसन्धान शुरु गर्छ र आवश्यक भए विभागलाई त्यसबारे जानकारी दिन्छ ।'' नेपाल प्रहरीसंग भएको सहमतिले विदेसमा बसेर वैदेशिक रोजगारीको लागि काम गरि ठगी गर्नेलाई कारवाही गर्न सहझ हुने भुसालको भनाई छ । 

अबदेखि संस्थागत उजुरी पनि प्रहरी कार्यलयले लिने र त्यस्ता विबरण विभागमा पठाउने उनले बताए । 'वैदेशिक रोजगार ऐन २०६४' ले कारवाहीको दायरामा ल्याउन नसकेका वा अनुसन्धान तहकिकात गर्न विधमान कानूनी व्यवस्था तथा उपलब्ध जनशक्तिले नसकेका विषयहरु सूचना सहित सूचनाको प्रकृति अनुसार नेपाल प्रहरीको अनुसन्धान विभाग र मानव वेचविखन अनुसान्धान व्युरोलाई उपलब्ध गराई ठगि तथा मानव वेचबिखन सम्बन्धि मुद्धाको अभियोजनमा वैदेशिक रोजगार विभागले सघाउने समझदारी भएको छ । अनुसन्धान तथा अभियोजन संयुक्त रुपले गर्नुपर्ने अवस्थामा दुवई निकायले अनुसन्धान अधिकृतको संयुक्त टोलि परिचालन गरि साधिकार निकायबाट मुद्धा अगाडी बढाउन सक्नेछ। साथै नियमित र सहज समन्वय र सहकार्यका लागि समन्वय समितिको सचिवालय वैदेशिक रोजगार विभागमा रहने जनाइको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य