२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागको अनलाइन सेवा ठप्प, श्रम स्वीकृति नपाउंदा टिकट रद्द गर्दै व्यवसायी

२०७६, ३ माघ शुक्रबार ०६:५१

मनोज पराजुली । माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको छ । विभागले संचालन गरेको सर्भरमा समस्या आएका कारण अनलाइन मार्फत हुने काम गर्नमा असहज भएको विभागका आइटी इन्जिनिएर राजु श्रेष्ठले जानकारी दिए ।

अनलाइन सिस्टममा समस्या देखिएको छ, सुधारको लागि प्रयास गरिरहेका छौं, श्रेष्ठले भने 'आज अनलाइनबाट हुने सबै काम बन्द छ, हिजो केहीबेर काम गरेपनि आज चल्न सकेको छैन ।' माघ १ देखि नै केहि प्राविधिक समस्या देखिएकोले यस अगाडी नै टिकट बुकिंङ्ग गरिसकेका व्यवसायीलाई टिकट पछाडी सार्न उनले अनुरोध गरेका छन् । 

विभाग मातहत रहेको श्रम कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले सर्भरका कारण सेवाग्राहीलाई कुनैपनि सेवा दिन नसकिएको बताए । सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिइने उनले बताए । आज शुक्रबार भएका कारण पनि दिनभर अन्तिम श्रम स्वीकृतिको काम नभए शनिबार र आइतबार टिकट बुक गरेकाहरुको टिकट रद्ध भएमा ठुलो रकम नोक्सानी हुनेछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले विभागका अनलाइनमा समस्या आएका कारण म्यानपावर व्यवसायीले अनावश्यक आर्थिक भार खेप्नुपरेको बताए । अन्तिम श्रम स्वीकृति नभएकै कारण धेरै व्यवसायीले लिएका टिकट हिजो रद्ध भएको जानकारी आएको बताउंदै उनले छिटो भन्दा छिटो समस्या समाधान गर्न अनुरोध गरे ।

विभागले २०२० को जनवरी १ बाट आफ्ना सम्पूर्ण सेवा पूर्ण रुपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली) मार्फत शुरु गरेको थियो । तर अनलाइन सेवामा पनि पटक पटक प्राविधिक समस्या देखिंदा सेवा प्रभावित हुँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस