माघ ७, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदुतावासले तथ्यहीन उजुरी हेलो सरकारमा नगर्न अनुरोध गरेको छ । एक जना नेपाली महिला उद्धारका सम्बन्धमा हेलो सरकारमा परेको गुनासो सम्बन्धमा राजदूतावासको प्रस्टोक्ति दिंदै यस्तो नगर्न अनुरोध गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदुतावासले तथ्यहीन उजुरी हेलो सरकारमा नगर्न अनुरोध गरेको छ । एक जना नेपाली महिला उद्धारका सम्बन्धमा हेलो सरकारमा परेको गुनासो सम्बन्धमा राजदूतावासको प्रस्टोक्ति दिंदै यस्तो नगर्न अनुरोध गरेको हो ।

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित नेपाली दुतावासले भन्यो, ‘तथ्यहीन उजुरी हेलो सरकारमा नगर्नु’

२०७६, ७ माघ मंगलवार ०६:३३

माघ ७, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदुतावासले तथ्यहीन उजुरी हेलो सरकारमा नगर्न अनुरोध गरेको छ । एक जना नेपाली महिला उद्धारका सम्बन्धमा हेलो सरकारमा परेको गुनासो सम्बन्धमा राजदूतावासको प्रस्टोक्ति दिंदै यस्तो नगर्न अनुरोध गरेको हो ।

साउदी अरबमा विगत नौ वर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत नेपाली महिला (फोटो परिवर्तन गरिएको राहदानी मार्फत् साउदी प्रवेश गरेकी) को उद्धारमा नेपाली राजदूतावासले ढीला सुस्ती गरेको भनेर ट्वीटरमा निश्चल दहाल नाम भएका व्यक्तिले नेपाल सरकारको हेलो सरकारमा उजुरी दिएका थिए । उक्त उजुरीको सम्बन्धमा दुतावासको धारणा प्रष्ट पार्दैं राजदूतावासले जनताका समस्या समाधानमा प्रभावकारी माध्यम रहेको हेलो सरकारमा तथ्यहीन उजुरी नगरीदिन अनुरोध गरेको छ ।

उजुरीमा उल्लेखित नेपाली महिला कुनै 'समाजिक अभियन्ता' को प्रयासले राजदूतावासमा नआएको दुतावासले जनाएको छ । राहदानी नवीकरण गर्ने उद्देश्यले वहाँको कफिल (स्पोन्सर/मालिक) ले नेपाली राजदूतावासमा लिई आएका बखत राहदानीको फारम भराउनुपूर्व उपलब्ध कागजातमा शंका भई विविध विषयमा सोधपुछ गर्ने क्रममा नियोगले उनको वास्तविक अवस्थाको जानकारी लिएको र अभिलेख गरेको हो । 

दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'वहाँलाई एजेन्टले फोटो परिवर्तन गरेको राहदानी दिई गलत बाटोबाट साउदी पठाइएको रहेछ । राहदानीमा उल्लेखित नामको बिषयमा पनि वहाँलाई जानकारी थिएन । आफ्नो घर ठेगाना,परिवारका सदस्य लगायतका विषयमा समेत राम्ररी बताउन नसक्ने विस्मृतिको अवस्थामा हुनुहुन्थ्यो। राजदूतावासका कर्मचारीले विभिन्न माध्यमबाट वहाँको वास्तविक नाम, घर ठेगाना र परिवारको सम्पर्क पत्ता लगाएर परिवारसंग सम्पर्क गराएको थियो । परिवारका सदस्य समेत दूतावाससंग नियमित सम्पर्कमा हुनुहुन्छ ।'

विगत नौ वर्ष देखिको पारिश्रमिक समेत कफिल (स्पोन्सर) संगै रहेको, आफूले नलिएको र आफन्तलाई पठाउन पनि नपाएको दुतावासले जनाएको छ । सो सम्बन्धमा उनको  कफिल (स्पोन्सर) सँगको लामो संवादपछि पारिश्रमिक दूतावासमा जम्मा गर्ने सहमति भए अनुसार वहाँको पारिश्रमिक नियोगको खातामा जम्मा भइसकेको दुतावासले जनाएको छ ।

फोटो परिवर्तन गरी आएको कारण राजदूतावासले नेपाली महिलालाई राहदानीको सट्टा एकतर्फी यात्रा अनुमति पत्र जारी गरी स्वदेश फिर्ता हुने तयारी गरिसकेको छ  । स्पोन्सरसंग बहिर्गमन भिषा जारी गराई नेपाल पठाउन सहमती र प्रकृया पनि चालु भइसकेको र नियोग स्पोन्सरसंग पनि संवादमा नै रहेको जनाइएको छ ।

महिला स्वदेश फर्केपछि आफ्नो नाममा बैङ्क खाता खोलेर उक्त रकम उनकै  बैंक खातामा पठाउने गरी कागज गरी कागजको एक प्रति ति महिलालाई र मालिकलाई समेत दिइएको दुतावासले जनाएको छ । नेपाल सरकारको खातामा रकम जम्मा भएको र नियोगले परिवारसंग सम्पर्क गराएको भोलिपल्टबाट उनका चिनेजानेका आफन्त र समाजसेवी 'अभियन्ता' धेरै जनाबाट उनको विषयमा राजदूतावासमा फोन आउन थालेको थियो ।

उनको  सुरक्षित स्वदेश फिर्तीमा भन्दा पनि उनको लामो समयमा आर्जेको पारिश्रमिक पैसा सुरक्षित नेपाल फर्काउन धेरैजनाको जोड रह्यो विज्ञप्तिमा भनिएको छ, 'पीडित महिला र उनको रकम सुरक्षित स्वदेश फर्काउन राजदूतावासले विधिवत काम गरिरहेको 'सामाजिक अभियन्ता' लगायत उनकाका बारेमा चिन्ता गर्ने सबैमा राजदूतावास जानकारी गराँउदछ । विषयवस्तुको बारेमा बुझ्दै नबुझी उजुरी नगर्न समेत उजुरीकर्तालाई राजदूतावास अनुरोध गर्दछ ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस