२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले तोकेकै लागतमा विदेश जान के गर्ने ? यी तरिका हेर्नुहोस्

८ माघ २०७६, बुधबार १०:३८

माघ ८,काठमाडौँ | के तपाई वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? छ भने एक पटक यी कुराहरुमा ध्यान दिनुहोला जसले गर्दा तपाई ठगीमा पर्नबाट जोगिन सक्नुहुन्छ | 

विदेश जानुपूर्व आवश्यक सूचनाको अभावमा विदेश जान नपाउंदै नेपाली युवाहरु देशभित्र नै ठगिने गरेका छन् | रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ भने राम्रोसंग बुझेर मात्र जानुपर्छ | 

विदेश पठाई दिन्छु भन्दै म्यानपावरहरुले राम्रो कामको प्रलोभन देखाएर तपाईसंग चर्को रकम असुली गरिरहेका त छैनन् ? वा एजेन्टले म्यानपावरमा लगिदिन्छु भन्दै तपाइलाई प्रलोभनमा पार्दै त छैन | सावधान …सरकारले हाल एजेन्ट व्यवस्था खारेज गरिसकेको छ तसर्थ एजेन्टबाट कुनैपनि कारोबार गर्नु गैरकानुनी हो | 

म कुन देश जाँदै छु,काम के हो ? भनेर सर्वप्रथम तपाइले राम्रोसंग ख्याल राखु जरुरी छ | कुनै विषयमा शंका लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुपर्छ | विदेशमा पाइने काम र तलबको बारेमा जान्न म्यानपावरको मात्रै भर पर्नु पर्छ भन्ने छैन | वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np  मा गएर जानकारी पाउन सकिन्छ | 

उक्त वेवसाइटमा गएर बैदेशिक रोजगारीमा जानको लागि आफूलाई राम्रो लागेको कामका लागि आवेदन दिन सकिन्छ | भने अन्तर्वार्ताका लागि मात्रै म्यानपावर जाँदा हुन्छ | सबैभन्दा पहिले तपाइँले कुन म्यानपावर संस्थाबाट विदेश जाँदैहुनुहुन्छ, त्यो म्यानपावर कालोसूचीमा त परेको छैन ? विभागबाट इजाजत प्राप्त हो वा होइन ? भन्ने कुरामा राम्रोसंग हेक्का राख्नुपर्छ | यसका लागि विभागको वेवसाइटमा गएर चेक गर्न सकिन्छ |  

अबदेखि सुरुमै म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनु आवश्यक छैन | वैदेशिक रोजगार विभागले श्रमिक छनोट प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था गरेको छ | अनलाइन आवेदन दिँदा पासपोर्ट नम्बर राखे हुन्छ | त्यसपछि छनोट भएपछि मात्र भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनुहोस् |

पैसा बुझाउनु पुर्व श्रम स्वीकृति भएको छ कि छैन ? भनेर राम्रो संग चेक गर्नुहोस | श्रम स्वीकृति लिनका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ | आर्थिक कारोबार गर्दा वैदेशिक रोजगारीमा जानका लागि दिएको भन्ने प्रयोजन खुलाउनुहोस | म्यानपावरले लागत बढी मागेमा विभागमा उजुरी गर्न सकिन्छ |

श्रम स्वीकृति भईसकेपछि इमेलमार्फत श्रम स्टिकर पाइन्छ भने म्यासेजमार्फत मोवाइलमै जानकारी आउँछ त्यसकारण आफ्नो मोबाइलमा म्यासेज आयो कि आएन भनेर चेक गर्नुहोस | 

वैदेशिक रोजगारी सम्बन्धी तपाईका कुनै उजुरी र गुनासो छ भने, श्रम मन्त्रालयको कल सेन्टर १६६००१५०००५ मा र विभागको टोल फ्री नम्बर १६६००१०९९९९ मा फोन गरेर टिपाउन सकिन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य