२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाताले टिकट खर्च नदिएको भन्दै म्यानपावरले रोक्यो ‘श्रमिकको डकुमेन्ट’

२०७६, १५ माघ बुधबार ११:५१

माघ १५, काठमाडौं | वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएर साउदी जान लागेका एक युवालाई म्यानपावर कम्पनीले विदेश पठाउन नसक्ने जवाफ दिएको छ | गोरखा ह्युमन रिसोर्स सोलुसनका संचालक मेघ बहादुर मगरले तनहुँका माधव बानियाँलाई साउदी पठाउन नसक्ने जवाफ दिएका हुन्  |

म्यानपावर कम्पनीले साउदीको लागि लागत ८० हजार मागेको थियो तर मागेजति रकम नभएको कारण दिन सकिन बानियाँले साझा सबालसंग भने 'मलाई शुक्रवारको टिकट छ, भनेर बोलाइको हो त्यसपछि म म्यानपावरमा गएर मेरो डकुमेन्ट सहित टिकट मागेको हुँ, तर म्यानपावरले दिएन | म्यानपावरले पैसा नतिरेसम्म डकुमेन्ट नदिने भन्दै फर्काएपछि उनी बुधबार नै वैदेशिक रोजगार विभाग बुद्धनगरमा पुगेका थिए | 

विभागमा महानिर्देशक डा. भीष्म कुमार भुसाल, निर्देशकहरु हरि ज्ञवाली र भोला गुरागाईंलाई भेट्न नपाएको भन्दै उनले साझा सबालमा कल गरि गुनासो गरेका थिए  | सो पश्च्यात उनले विभागकै एक अधिकृत कर्मचारीलाई आफ्नो समस्या बारे गुनासो राखेका थिए | उनको गुनासो सुनेपछि विभागले म्यानपावर संचालकलाई विहिबार विभाग कार्यालय हाजिर हुन निर्देशन दिएको छ | बानियाँ र म्यानपावर संचालकलाई राखेर थप विवरण लिने र म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाउने विभाग श्रोतले जानकारी दिएको छ | 

 बानियाँको समस्याबारे म्यानपावरले भने गैर जिम्मेवार जवाफ दिएको छ | बानियाँलाई किन डकुमेन्ट नदिएको हो ? भन्ने साझासबलाको प्रश्नमा म्यानपावर संचालक मेघ बहादुर मगरले भने 'शुरुमा रोजगारदाताले टिकट दिने कुरा गरेको थियो तर अहिले सेवा शुल्क सहित टिकट दिन नसक्ने जवाफ दियो त्यसैले हामीले उनलाई शुल्क नलिई साउदी पठाउन सक्ने अवस्था छैन |'' रोजगारदाताले म्यानपावरलाई सेवा शुल्क नदिएको अवस्थामा सरकारले साउदी जानको लागि म्यानपावरले लिन पाउने सेवा शुल्क १० हजार तोकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ