माघ १६, काठमाडौं | साउदी अरबस्थित नेपाली राजदुतावासले रोजगारदाता कम्पनीको विवरण अध्यावधिक गर्न म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको छ |
दुतावासबाट प्रमाणीकरण भएका मागपत्रको विवरण र कागजात वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा माघ १ गतेबाट प्रविष्टि गरिंदै आएको छ | सो क्रमममा रोजगारदाता कम्पनीहरुको विवरण उक्त सूचना प्रणालीमा प्रविष्टि नभएको कारणले प्रमाणित मागपत्र समयमा अपलोड गर्न समस्या भएको भन्दै दुतावासले समयमै कागजात प्रविष्टि गर्नका लागि आ- आफ्नो मागपत्र सम्बन्धित कम्पनीको विवरण सूचना प्रणालीमा प्रविष्टि गर्न अनुरोध गरेको छ |
साथै दुतावासले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार साउदी अरबमा जाने नेपाली श्रमिकहरुका लागि न्युनतम पारिश्रमिक कार्यान्वयनमा सघाउन समेत आग्रह गरेको छ |